बेनी–गलेश्वर सडकखण्डको स्तरउन्नती र कालोपत्रेमा प्रयोग भइरहेका दुईवटा डोजरमा आगजनी भएको छ । सडकखण्डमा स्तरउन्नती र कालोपत्रेका लागि राखिएको दुईवटा डोजरमा आइतबार राती अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । गलेश्वरका अमृतमन शेरचनको बा १ क ६५२३ र ग १ क २७५९ नम्बरको डोजरमा भएको आगलागीबाट करिव डेढ करोड बराबरको क्षती भएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।
15723880_974282346036840_807981154_n
‘संलग्नहरुको खोजीकार्य भइरहेको छ । अनुसन्धानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रमा समेत खोजी गरिरहेको छ’ खड्काले बेनीअनलाइनलाई भने । उनका अनुसार डोजरको इन्जिनमा क्षती भएको छ गलेश्वरका अमृतमान शेरचन र सोमराज थापाको दुईवटा डोजरमा आगजनी भएको हो । आइतबार राती तीनवटा ट्याक्सी समेत टोडफोड गर्नेलाई नियन्त्रणमा लिइएकाले पनि घटनामा संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएकालाई समेत सोझपुछ गरिरहेको छ । कालोपत्रेलाई अवरोध तथा ठेकेदार संगको बागेर्निक वा लेनदेन समेत हुनसक्ने प्रहरीको अनुमान छ ।
15713350_974282619370146_51016885_n