बेनी–गलेश्वर सडकखण्ड निर्माणमा प्रयोग गरिएको दुईवटा डोजरमा आगजनी भएपछि जिल्लाभर सडम निर्माणमा प्रयोग भएका डोजरहरूको विवरण संकलनमा प्रहरीले चासो देखाएको छ । सदरमुकाम नजिक सडक निर्माणस्थलमा राखिएका दुईवटा डोजरमा आगजनी भएपछि प्रहरीले सोमबार इलाका प्रहरी र प्रहरीचौकी मार्फत ग्रामिण क्षेत्रमा रहेका हेभी इक्यूमेन्टको विवरण संकलन सुरु गरेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।
15713350_974282619370146_51016885_n
‘डोजरमालिकलाई समन्वयनका लागि अनुरोध गरिएको छ ।बस्ती बाहिर राखिएका निर्माण साम्रागीहरुको जोखिम धेरै हुन्छ’ उनले भने । जिल्लाका ग्रामिण सडक विस्तार तथा स्तरउन्नतीको कार्य धमाधम भइरहेको छ । सडकस्थलमै विना सुरक्षा डोजरलाई राख्नुमा मालिकको समेत कमचोरी रहेको समेत प्रहरीको भनाई छ । आइतबार सडकखण्डमा स्तरउन्नती र कालोपत्रेका लागि राखिएको दुईवटा डोजरमा आइतबार राती अज्ञात समुहले आगजनीमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
15683212_974282692703472_1980297605_n
प्रहरीले डोजरका सञ्चालक संग सोमबार र कर्मचारी र चालकसंग मंगलबार घटनास्थल र घटनाका बारेमा सोझपुछ गर्ने जनाएको छ । आइतबार राती एसिएस एभरेष्ट र पोखरा कन्ट्रक्सनका बा १ क ६५२३ र ग १ क २७५९ नम्बरको डोजरमा भएको आगलागीबाट करिव डेढ करोड बराबरको क्षती भएको थियो । गलेश्वरका अमृतमान शेरचन र सोमराज थापाले घटनाका दोषीलाई पत्ता लगाएर कारवाहीको माग गरेका छन् ।