बेनी नगरपालिका–२ अर्जमकीअरनीमा नेपालीको मुटुको अप्रेसन गरिएको छ । काठमाडौंस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा सोमबार अप्रेसन गरिएको थियो ।अप्रेसनपछिका केही घण्टा बेहोस अवस्थामा रहेकी नेपालीको अवस्था अहिले समान्य रहेको परिवारले जनाएका छन् ।

गरिव परिवारमा जन्मिएकै कारण आर्थिक अभावकै कारण अस्पतालसम्म पुग्न नसकेकी नेपालीको सहज उपचार तथा आवतजावतलाई समेत सजिलो बनाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सञ्चालन गरेको छ।

‘सहयोदाता प्रति आभारी छु । तपाईको सहयोगले अस्पतालसम्म पुगेर उपचार गर्न सफल भए’ अरनीकाकी आमा आशाले बेनीअनलाइनलाई भनिन् ।उनले सबैको सहयोगमा अरनीमाले नयाँ जिवन पाएको प्रतिक्रिया दिईन् आर्थिक अवस्था कमजोर भएकै विरामी अवस्थामा समेत नियमित उपचार गर्नबाट बन्चित भएपछि अरनीमा बचाउ अभियान सञ्चालन गरी स्वदेश तथा विदेशबाट सहयोग सङ्कलन गरिएको थियो ।

गत कात्तिक महिनामा पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा मुटुमा समस्या देखिएपछि घर फर्किएकी आशाले छोरीलाई नियमित चेकजाँच सहित आवश्यक प्रक्रियामा सहयोग गर्न अपिल गरेकी थिईन् । अभियानको संयोजनक शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो भने विदेशमा हाल मलेसियामा रहेका आशिष परियारले गरेका थिए ।

यसैविच अकोषका अध्यक्ष राजेश शाक्यले उपचार सफल भएपछि अभियान समेत सकिएको बताए । विपन्नबर्गलाई उपचारमा सहयोगको ब्यवस्था भएपनि नियमित चेकजाँच, काठमाण्डौमा खानेबस्ने र आवश्यक खर्चको आवश्यक खर्चमा सहयोग गर्नेलाई धन्यवाद दिदैं आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित हुने अवस्थाको अन्त्य गर्ने अभियान निरन्तर जारी रहेको बताए । कोषमार्फत १७ जना विरामीको उपचार गरिएको छ भने १ करोड ५० लाखको अक्षयकोष स्थापनाको अभियान समेत सञ्चालन भइरहेको छ ।