आइतबार राती बेनीबजारमा सवारीसाधन तोडफोड गदैं हिडेका दुई यूवालाई क्लोज सर्किट क्यामेरा (सिसिटिभी) फुटेजका आधारमा प्रहरीले नियन्त्रणमा लियो । मालपोत कार्यालय अगाडी राखिएको ध १ ज ३४५, ध १ ज २४२ र ध १ ज ४१८ नम्बरको ट्याक्सी तोडफोडमा गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

संगमचोक, विरेन्द्रचोक, जीप काउण्टरमा पार्किङमा राखिएका ट्याक्सी, बोलेरो रगती नियन्त्रणका लागि ट्राफिकले राखेकोलाई पल्टाउँदै हिडेका बेनपा–६ का गुने भन्ने सञ्जय पुन र बेनपा–११ का किसान कार्कीलाई दुई यूवती सहित पाँचघण्टा भित्र नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बेनीअनलाइनलाई बताए ।

तोडफोड गरेर फरार भएपछि सिसी टिभीको आधारमा पक्राउ गरियो ।अपराधीलाई सिसी क्यामेरा पासो बनेको छ ।उनका अनुसार मध्यरातमा समुहमा बजारमा देखिने,एउटै ठाउँमा लामो समयसम्म बस्ने, सवारीसाधन, वित्तिय संस्था सहित बजार भित्र रहेका पसल नजिक देखिनेलाई तत्कालै मोवाईल गस्तीलाई जानकारी गराउने गरिएको समेत बताए ।
cc-camera-photo-2
’दुईमहिना अगाडीसम्म चोरीका घटनाले हैरानी खेप्नुपरेको थियो ।बजार क्षेत्रमा चोरी करिव सुन्य जस्तै छ’ प्रनाउ खड्काले भने ।उनका अनुसार मध्यरातमा मदिरा सेवन गरेर बजारमा आवतजावत गर्ने यूवाहरू समेत सिसी क्यामेराको नजिक आफ्नो परिचय लुकाउने गरेको पाइएको छ । प्रहरीको नियमित र छड्के गस्तीलाई समेत निगरानी गर्ने माध्यम समेत क्यामेरा बनेको प्रहरी स्रोतको भनाई छ ।

म्याग्दी उद्योग वाणिज्य संघको अगुवाई तथा जिल्ला प्रहरी कार्यालय म्याग्दीको विशेष सहयोगमा बेनीबजारका चोक तथा मंगलाघाट,जीप काउण्टर, कालिपुल बसपार्कमा १६ वटा क्यामेरा जडान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं सिसिटिभी क्यामेरा जडान तथा व्यवस्थापन उपभोक्ता समितिका संयोजक जीवनबहादुर विश्वकर्माले बताए ।

‘निरन्तरता दिने गरी मर्मतकोष बनाउने तयारी समेत भइरहेको छ ।अपराधीको अनुकुलतालाई ब्रेक गर्न क्यामेराको आवश्यकता थियो’ विश्वकर्माले भने ।संघको पहल, जिविस नगरपालिका बैङ्क तथा वित्तिय संस्था, उद्योगी व्यवसायी लगायतको सहयोग र जिल्ला प्रहरी कार्यालय म्याग्दीको सञ्चालन तथा व्यवस्थापनमा तत्कालका क्यामेरा जडान गरिएको हो । गाडी तोडफोडमा संलग्न दुई यूवा सहित यूवती ।

विज्ञापन