म्याग्दीकी एक ८२ वर्षिया बृद्धालाई स्वदेश तथा विदेशमा रहेकाहरूबाट आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका वडा नं ४ खबरा, पिपलडाँडाकी ८२ वर्षिया इन्द्रकली भण्डारीले अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकै जाडोमा कठ्याङ्ग्रिएर रात र दिन कटाउन बाध्य भएको अवस्थामा आर्थिैक,खाद्य साम्रागीका साथै लत्ताकपडा सहयोग गरिएको हो ।
मंगलबार एक कार्यक्रमका विच बेनपा–३ विमिराबोट घर भई हाल अमेरिकामा रहेका मिलन थापाले आमा पम्फा थापा मार्फत १० हजार, बेनपा–३ हाल काठमाण्डौमा रहेका वि.एर ओभरसिजका सञ्चालक भिम सापकोटा १२ हजार बराबरको लत्ताकपडा, बेनपा–४ का याम बहादुर खड्का १ हजार,दान बहादुर थापाले आफ्नो जन्मदिनको अवसरमा श्रीमति पार्वती थापा मार्फत ३ हजार, परिवर्तनशील आमा समुह बेनपा–३ ज्यामरुककोटले ५ हजार सहयोग हस्तान्तरण गरेको छ ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बृद्धालाई सहयोगको आवश्यकता रहेकाले संकलिन रकम स्थानीय सहकारीमा राखेर आवश्यकता अनुसार प्रयोग गर्ने ब्यवस्था मिलाएको छ । १० वर्ष अघि श्रीमान प्रेमवहादुर भण्डारीले खबरामा रहेको सम्पूर्ण सम्पत्ति वेचेर सकेपछि घरवार विहीन भएकी भण्डारी ९ वर्ष अघि श्रीमानको समेत मृत्यु भएपछि आश्रय लिएर बसेकी भण्डारी खाने खर्च नभएपछि एक छाक मात्र खाएर बस्न गरेको अवस्थामा बेनीअनलाइन प्राथमिकताका साथ समाचार प्रकाशित गरेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार धुव्रसागर शर्माले गर्नुभएको थियो ।