गरिव तथा विपन्नको उपचारका लागि २ लाख सहयोग

0

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष मार्फत आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा सघाउन म्याग्दी प्रवासी नेपाली संघ मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले १ करोड ५० लाखको अक्षय कोषमा २ लाख सहयोग गरेका छन् । बुधबार आयोजित कार्यक्रममा हङकङका सफल नेपाली ब्यवसायी समेत रहेका पुनले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरु उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न कोषले सुरु गरेको अभियानमा आफ्नो आर्थिक, भौतिक र नैतिक सर्मथन रहेको बताए ।

’धन ठुलो कुरा होईन, गरिव पनि धनी बन्छ, धनी गरिव बनेका पनि छन्, तर मन भएकाहरुको सहयोग भए जस्तोसुकै समस्या पनि समाधान हुन्छ’ पुनले भने । आँखाबाट आसु खसाल्दै पुनले आर्थिक अभावकै कारण मृत्युको मुखमा पुगेका धेरैलाई शान्ति कोषमार्फत भएको सहयोगबाट उत्साहित भएको बताए । उनले कोषमार्फत भइरहेको अभियानलाई प्रवासी म्याग्देलीहरुको साथ र सहयोग रहेको समेत बताए । कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यले अहिलेसम्म १४ औं संरक्षक घोषणा गरिएको बताए ।

‘गरिव र विपन्नको उपचारमा कुनैृपनि कमी हुन दिने छैनौं । तपाईहरुजस्ता सहयोगीबाटै अभियान सफल भइरहेको छ’ उनले भने। उनका अनुसार ब्यक्ति संरक्षक बन्न २ लाख र संस्थाका लागि ५ लाख लाग्ने छ । अहिलेसम्म संस्थागत संरक्षकमा मोना कतार भएको छ । संस्थाको विधानमा ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ।
20161228_171432
कोषमार्फत सामाजिक तथा परोपकारी क्षेत्रका काम गरेवापत जिल्ला भित्रका साथै गोरखा जिल्लामा समेत सम्मानित भएको छ । बेनी नगरपालिका–१४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले २५ जनाको उपचारमा स्वदेश तथा विदेशबाट आर्थिक जुटाउन सफल भएको छ ।

प्रतिब्यक्ति ३ देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ ।कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाएको छ । कोषमार्फत अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ ।