हिमपातपछि यस्तो देखियो हिमालको मनोरम दृश्य (फोटोफिचर)

0
417

(प्रताप बानियाँ)
म्याग्दीको बेनी नगरपालिका–१२ गाजनेस्थित धार्मिक, पर्यटकीय एवं रमणीयस्थल गुफाको डिल र डढेकोट दरबारबाट देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । समुन्द्री सतहबाट २ हजार १ सय र २ हजार ३ सय मिटरको उचाइमा रहेका पर्यटकीयस्थल गुफाडिल र डढेकोट राजदरबाट संसारको सातौं र नेपालको दोस्रो अग्लो हिमाल धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, निलगिरी, गूर्जा, गणेश, मानापाथी, निलगिरीलगायत दजनौं हिमश्रृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।
img_00122
आठहजार १ सय ६७ मिटर उचाईको धौलागिरि हिमालमा विभिन्न ६ ओटा चुचुराहरु छन् । आकाश खुलेको समयमा हिमालसँगै दुवै ठाउँबाट म्याग्दीसहित अन्य जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छ । केही दिनयता अत्यधिक चिसो बढेसँगै परेको हिमपातपछि हिमालहरु सेताम्मे देखिएका छन् । चिसोसँगै म्याग्दीका हिमाली क्षेत्रमा असिनापानी समेत परेको थियो ।
img_00334
img_00241
img_00171
img_00093
img_00033