यसरी जन्मियो म्याग्दीमा दाह्री ग्याङ

1

नेपाली समाजमा दाह्री पालेका यूवाहरूलाई अझैपनि फरक दृष्टिकोणले हेर्न गरिन्छ । गुण्डा, लागुपर्दाथ सेवन, बहुलाहा,बैरागी, समाजमा नराम्रा काम गर्नेहरूको सुचीमा दाह्री पालेकालाई राखेर ब्याख्या गर्ने गरिएका प्रसस्तै उदाहरणहरू पनि छन् । यूवाहरूले दाह्री पालेको देख्न नचाहने र दाह्री पालेकाहरूलाई हेर्ने नजरलाई बदल्न देशका विभिन्न जिल्लासंगै म्याग्दीका दाह्री पालेका यूवाहरू संगठित भएर दाह्री ग्याङ बनाएर सामाजिक अभियान सञ्चालन गरिरहेका छन् ।
15731094_970847269714609_75954002_n
सामाजिक सञ्चालमा गुप्र खोलेर संगठित भएका यूवाहरूले मंसिर २५ गते बनभोज कार्यक्रम गरी नेत्रराज सुबेदीको अध्यक्षतामा कार्यसमिति समेत चयन गरेको छ । ‘दाह्री पाल्ने समाजका दुस्मन होईनन्, सभ्य समाज निर्माण गर्ने अभियानमा लाग्ने यूवाहरुको समुह हो’ अध्यक्ष सुबेदीले बेनीअनलाइनलाई भने । उनले दाह्री पालेका यूवाहरूलाई ‘साधु बन्न लागेको’, ‘आतंकवादी जस्तो देखियौं’,‘विवाह गर्ने मन छैन’ जस्ता ब्यङ्ग्यात्मक प्रहार गर्ने गरिएपनि आफुहरुले सकारात्मक लिएर अभियान सञ्चालन गरेको बताए ।
15723855_970847296381273_1011603020_n
स्थापनाको केहीदिन पछाडी जिल्ला अस्पताल म्याग्दीमा फलफुल, सरसफाई गरिएपछि विगतमा सडकमा ब्यङ्ग्य गर्नेहरूले समेत कामको प्रशंसा गर्ने थालेपछि उत्साहित भएको बताए । दाह्री पाल्ने बैरागी र समाजप्रति जिम्मेबारी हुँदैनन् भन्ने भनाईलाई चुनौती दिने गरी निरन्तर जिल्लामा आवश्यक तथा परोपकारी अभियानहरूमा समुहले सक्रियतापुर्वक सहभागिता देखाउने उनको भनाई छ । स्थापनाको एक महिना पुग्न लागेको ग्याङले साप्ताहिक तथा मासिक अभियानमुखी कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत बनाएको छ ।
15730894_970847286381274_1538030661_n
‘मेरो दारी, दुनियाँलाई किन भारी’?
सुदुरपश्चिमको यात्रामा निस्किएका ग्याङका अध्यक्ष सुबेदीले त्यहाँको केहीदिनको बसाईमा दाह्री पालेका यूवाहरूले गरेको सामाजिक कार्यबाट उत्साहित भए । सडक मर्मत, सरसफाई तथा सामाजिक अभियानमा दैनिकजसो दाह्रीवाला यूवाहरुको सक्रियालाई नजिकबाट हेरेर फर्किएका सुबेदीले लगत्तै आफ्ना समुहका साथीहरूको सहयोगमा दाह्री ग्याङको स्थापना गरे ।

म्याग्दी बहु्मुखुी क्याम्पसमा अध्ययरत विद्यार्थीहरूले दाह्री पालेका यूवाहरू भन्दै तिखो प्रहार गर्दा समेत आफ्नो मिसन अनुसार गु्रप बनाएर समाजिक काम गर्न थालेका यूवाहरु ‘मेरो दारी, दुनियाँलाई किन भारी’ र गालामा दारी, काँधमा जिम्मेबारी जस्ता मनछुने स्लोगन अंकित टिर्सट लगाएर अभियानमा जुटेपछि सबैले धन्यवाद सहित सहयोगको प्रतिबद्धता जनाउने गरेको समुहका सचिव सागर पराजुलीले बताए ।
15730884_970827376383265_1266513064_n
‘समाजमा सभ्य यूवाहरू दाह्री ग्याङमा छन, हामीले मेहनत रपरिश्रम बुझेका छौं’ पराजुलीले भने। दाह्री ग्याङमा दाह्रीलाई मायाँ गर्ने, समाजप्रति यूवाको उत्तरदाहित्वबोध गर्नेहरू आवद्ध हुन सक्ने समेत उनको भनाई छ ।दुईतीन जनाबाट सुरू भएको अभियानमा अहिले ३५ जना सहभागि छन् ।सबैजसो जागिरे र समाजिक कार्यमा सक्रिय रहेका यूवाहरू रहेकाले पनि आलोचना र हाँसोमजाकमा उडाउनेहरू अहिले मौन रहेको यूवाहरूको भनाई छ ।
15782726_10154365148821859_327060735_n
‘दाह्री ग्याङको काम समाजको समस्या समाधान’
स्थापनाको करिव एक महिनामा तीनवटा कार्यक्रम गरेको दाह्री ग्याङले लगत्तै म्याग्दी बहुमुखी क्याम्पस, बेनी कालिपुल बसपार्क सरसफाई, रक्तदान, आर्थिक अवस्था कमजोर भएकालाई उपचार तथा विभिन्न यूवामुखी कार्यक्रमहरूमा सक्रियता लगाएतका समाजमा आवश्यक पर्ने कार्यहरूलाई प्राथमिकता दिने जनाएको छ । प्राकृतिक विपत्तीमा उद्धार र राहत संकलन देखी आकस्मीक उपचार, आपतकालिन रुपमा रगत चाहिएमा तुरुन्तै दिन सक्ने गरी सदस्यको ब्लड डाटाबेस तयार लगाएतका कार्यहरू भइरहेको छ । दाह्री फेसन भएपनि समाजप्रतिको जिम्मेबारी त्यो भन्दा ठुलो भएको ग्याङको भनाई छ। प्रस्तुती हरिकृष्ण गौतम

1 COMMENT

  1. dari palera ramro kaam garne ra kharab kaam garne kuro bhanda pani kaanma mundra layera jagalta paleka gyangle malai luteko pida chha jasle je palnu usko ruchi wa sowtantra ho naitik charitra thik chha bhane kina yasta gyang? ke baburam bhattaraile daribhayera kasaile apamaan gare holan unita ramro ra buddiman bicharka chhan ta

Comments are closed.