मगर संघ म्याग्दीको भवन ब्यवस्थित तथा भाषा, कला र संस्कृतिको संरक्षणका लागि गरेको देउसीभैलोमा सहभागि कलाकारहरूलाई सम्मान गरेको छ । शुक्रबार संघमा आयोजित कार्यक्रममा लोपउन्मुख कला र संस्कृतिको जर्गेनामा सक्रियतापुर्वक सहभागि भएका कलाकारहरुलाई सम्मानपत्रले सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा संघका अध्यक्ष मनप्रसाद थजालीले माघ १ र २ गते बेनीमा हुने पुख्यौली नाच प्रतियोगितालाई समेत सभ्य र भब्य रुपमा सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरेका छन् । कलाकार सम्मान कार्यक्रममा नेपाल मगर भुपु सैनिक संघका अध्यक्ष सुवेदार थम बहादुर गर्बुजा, नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष खिमा पु्र्जा, सल्लाहकार गंगा प्रसाद पुन लगाएतले मन्तब्य राखेका थिए ।

अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता, स्वागत सहसचिव पुर्ण बहादुर पुन र सञ्चालन सचिव लोकेश पुनले गरेका थिए ।थाली, पुख्यौली नाच सहित जनजातीमा कला र संस्कृतिको संरक्षणमा संघले निरन्तर सक्रियता देखाइरहेको छ । मगर समुदाय तथा जिल्लाको जनजातीका क्षेत्रका इतिहाँसिक गतिविधिहरुलाई समेट्ने विभिन्न दस्तावेजहरुको पुस्तकालय समेत स्थापनाको योजना समेत रहेको संघले जनाएको छ ।