म्याग्दीका सम्भावनायूक्त क्षेत्रमा लगानीको उचित वातावरण बनाउनुपर्ने शुक्रबार आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । हङकङ नेपाली ब्यापार संघ लिमिटेडका अध्यक्ष प्रकाश पुनलाई म्याग्दी उद्योग वाणिज्य संघले गरेका स्वागत भेटघाट कार्यक्रममा सम्भावनाका क्षेत्रमा लगानी भित्राउन भाषणले मात्रै सम्भव नभएकाले सहकार्यबाट लगानीको सम्भावना रहेको बताइएको थियो ।

पर्यटन, जलविद्युतमा लगानी भित्राउन आवश्यक रहेको अवस्थामा निजी क्षेत्र र गैरआवासीय नेपालीहरू विचको सहकार्यबाट लगानीको वातावरण रहेको बताउँदै यसका लागि प्रवासी म्याग्देलीले संयोजनको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् म्याग्दी प्रवासी नेपाली संघका संस्थापक अध्यक्ष तथा हङकङका सफल नेपाली ब्यवसायी समेत रहेका पुनले प्रवासी म्याग्देलीको सक्रियतामा भइरहेका गतिविधिलाई निरन्तरता दिदैं लगानीका क्षेत्रमा समेत बृहत्तर छलफलको आवश्यकता रहेको बताए ।
1
उनले विदेशमा रहेका नेपाली ब्यापारीहरुले आर्जन गरेका सीपलाई जन्मभूमीमा प्रयोग गर्ने वातावरण बन्दै गइरहेको समेत बताए । संघका पुर्व अध्यक्ष सुर्दशन कुमार श्रेष्ठले मन्तब्य राखेका थिए । सम्मान तथा स्वागत कार्यक्रमको स्वागत तथा अध्यक्षता जीवन कुमार विश्वकर्मा, सञ्चालन महासचिव राजेश शाक्य र समापन बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले गरेका थिए ।