म्याग्दीमा सञ्चालित तीनवटा स्रोतकक्षालाई सामाग्री सहयोग

0

म्याग्दीमा सञ्चालित तीनवटा अपाङ्गता स्रोत कक्षामा पठनपाठन गर्ने विद्यार्थीलाई शनिबार प्लान नेपाल र अपाङ्ग संघ म्याग्दीले सहयोग गरेको छ । धौलागिरि मावि सिङ्गामा सञ्चालित बहिरा स्रोतकक्षा, बालजागृति प्रावि बगुवाखोलाको बौद्विक अपाङ्गता र ज्ञानोदय मावि राखुपिप्लेमा सञ्चालनमा रहेको दृष्टिविहिन स्रोतकक्षालाई सहयोग गरिएको हो ।
dsc02988
विद्यालयलाई प्लान नेपाल र अपाङ्ग सघं म्याग्दीले प्रत्येक स्रोत केक्षामा २ लाख बराबरका फर्निचर, लत्ताकपडा, हार्मोनियम, तबला, ढोलक, सारङ्गी, बाँसुरी, एलसिडि, फिल्टर, जारलगायतका सामाग्रीहरु सहयोग गरेको अपाङ्ग संघ म्याग्दीले जनाएको छ ।
dsc03115
ती स्रोतकक्षामा २७ जना छात्र र २४ जना छात्राहरुले अध्ययन गर्दै आइरहेका छन् । धौलागिरि मावि सिङ्गामा १५ जना, बालजागृति प्रावि बगुवाखोलामा १८ र ज्ञानोदय मावि राखुपिप्ले मौवाफाँटमा १८ जना अपाङ्गता भएका विद्यार्थीहरुले पठनपाठन गर्ने गरेका छन् । अपाङ्गता भएका विद्यार्थीको अभिभावकको रुपमा रहेको प्लान नेपाल र अपाङ्ग संघ म्याग्दीले यसअघि पनि विभिन्न सहयोगहरु गर्दै आएको अपाङ्ग संध नेपालका महासचिव केपी अधिकारीले बताए ।
dsc03105
सहयोग हस्तातरण कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी विश्वराज रेग्मी, विद्यालय निरीक्षक रामकरण पाल, स्रोतव्यक्तिद्वय केशवप्रसाद रेग्मी, दुतबहादुर गर्बुजा, अपाङ्ग संध म्याग्दीका अध्यक्ष गोपाल केसी, सचिव सुरेन्द्र केसी, पत्रकारलगायतको रोहबरमा सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।