हिमपातले मुस्ताङको जनजिवन प्रभावित

0

मुस्ताङमा आइतबार दिउँसो देखी हिमपात भएको छ ।जिल्लाको सदरमुकाम जोमसोम सहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ । हिमपात संगै यातायातको साधन समेत अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन ।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ,झोङ, छुसाङ, घमि, सुर्खाङ, चराङ, लोमान्थाङका साथै म्याग्दी जिल्लासंग सिमा जोडिएको लेते गाविसमा समेत विहान देखि लगातार हिमपात भइरहेको छ ।

एक्कासी चिसो बढेसंगै भएको हिमपातपछि आवतजावतमा समेत समस्या भएको निरज थकालीले बताए । उनका अनुसार जोमसोममा विस्तारै बाख्लो हिमपात भएपछि सर्वसाधारण, पर्यटक घर भित्र बसेका छन् । यसैविच म्याग्दीको उच्च हिमाली भेगमा परेको हिमपातले जनजिवन प्रभावित बनाएको छ । सिमसिम पानी संगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएतका हिमाली बस्तीमा समान्य हिमपात भएको छ । सदरमुकाम बेनीबजारमा समेत बर्षा भएको छ ।