(हरिकृष्ण गौतम)
म्याग्दीमा बर्षोदेखी भोकचलन ४ सय ८३ दशमलब ८९ हेक्टर क्षेत्रफल सार्वजनीक जग्गा अतिक्रमणमुक्त गराइएको छ । राजनीतिक, आर्थिक र सामाजिक पहुँचका आधारमा बषौंदेखी राज्यको सम्पत्ती दोहन गरिरहेको पहिचान भएपछि करिव आधादशकको प्रयासपछि शनिबार कुहुँ र बावियाचौर गाविसमा रहेका सामुदायिक बनलाई अतिक्रमण मुक्त घोषणा गरिएको हो ।
p1019086
इलाका बन कार्यालय बावियाचौरको विषेश पहलमा सुरू भएको अतिक्रमण मुक्त अभियानमा विभिन्न किसिमका अवरोधको प्रयासलाई स्थानीयले असफल संगै सार्वजनिक जग्गालाई सामुदायिक बनको स्वामित्वमा ल्याउन सफल भएका छन् । ६ सय ३३ घरधुरी रहेको बावियाचौर गाविसमा रहेका ८ वटा सामुदायिक बन १५० दशमलब ४३ हेक्टरलाई समुदायको स्वामित्वमा ल्याइएको छ । जसमध्ये रणबाङको रानीभिर ठाडोपाखाबाट ४६.२६ हेक्टर रहेको छ ।
sammanit-1
त्यस्तै कुहुँ गाविसको थाईवाङको दारकुना थाईवाङ सामुदायिक बनको १ सय ५१ दशमलब १हेक्टर जमिनलाई सामुदायिक बनमा गाभिएको छ । बावियाचौरमा साविकको ४६५.०७ क्षेत्रफल रहेको बनमा ब्यक्तिले आफ्नो भन्दै भोकचलन गदैं आइरहेको १ सय ५०. ४३ थप भएपछि ६ सय १५.५० हेक्टर क्षेत्रफल भएको सहायक बन अधिकृत चन्द्रमणी सापकोटाले बताए। ‘अभियानलाई थप प्रभावकारी बनाउने छौं । बनको जग्गालाई ब्यक्तिले भोकचलन गरिरहेकालाई तुरुन्तै छोड्न अनुरोध गर्दछु’ सापकोटाले बेनीअनलाइनलाई भने ।

उनका अनुसार अर्मन गाविसबाट ३८.३ हेक्टर, बरंजा गाविसबाट १३.२५ हेक्टर र मंगलाघाट इलाका बन कार्यालयबाट २.३३ हेक्टर गरी कुल ४ सय ८३ दशमलब ७९ हेक्टर बन अतिक्रमणमुक्त बनाइएको छ । अर्मन र बरंजामा अझै सामुदायिक बनको जग्गालाई ब्यक्तिगत रुपमा भोकचलन भइरहेकाले दुईवटा गाविस केन्द्रित अभियानलाई प्राथमिकता दिने इलाका बन कार्यालय बावियाचौरले जनाएको छ ।
local-1
शनिबार भएको अतिक्रमणमुक्त कार्यक्रममा अर्मन र बरंजाका सामुदायिक बनका प्रतिनिधिहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो । ‘स्थानीय जनसहभागीतामा वन अतिक्रमण हटाऔं, स्थानीय वन क्षेत्रको हैसियत बढाऔं’ भन्ने नारासहित सुरु भएको अभियानमा अतिक्रमण गरिरहेकाहरुले असहयोग गरेपनि स्थानीयले बल प्रयोग गरेर अतिक्रमणबाट हटाएका थिए ।

देशका कतिपय जिल्लामा वन अतिक्रमण हटाउँदा स्थानीय प्रशासन र जिल्ला वन कार्यालयले बल प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा म्याग्दीमा भने स्थानीयकै सहभागीतामा फरक तरिकाले कार्यक्रम सञ्चालन गरी वन क्षेत्रलाई अतिक्रमणमुक्त गराइएको छ । यस्तै जिल्लाको बरङ्जा र अर्मन गाविसलाई पनि वन अतिक्रमणमुक्त गाविस घोषणा गर्ने तयारी गरिएको जनाइएको छ । अतिक्रमित गरिएका जग्गामा घरगोठ,घाँस दाउराका लागि प्रयोग गर्ने गरिएको थियो । जिल्लाभर करिव १ हजारभन्दा धेरै सामुदायिक बनको जमिन अतिक्रमित भएको अनुमान गरिएको छ ।