म्याग्दीका उपल्लो भेगमा हिमपात, जनजिवन प्रभाति

0

जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । आइतबार दिउँसो बर्षासंगै परेको हिमपातले जनजिवन समेत प्रभावित भएको छ । जिल्लाको गुर्जा, लुलाङ, मुदी, कुईनेमंगले, चिमखोला, घार, शिख लगाएको क्षेत्रमा हिमपात भएको छ ।

हिमाली क्षेत्रका डाँडापाखा हिउँले सेताम्मे भएका छन् । गुर्जाका अगुवा झकप्रसाद छन्त्यालले केहीदिन अगाडी समान्य हिमपात भएपनि आइतबार करिव आधा फिट हिउँ जमेको बताए । उनका अनुसार जंगलमा रहेका भेडाबाख्रा सहित पशुचौपायाहरुलाई समेत गाउँमा ल्याइसकिएको छ । सोमबार दिउँसो परेका सिमसिम पानी पछि चिसो बढेको छ । बर्षा लगत्तैको हावाहुरीले पदैलयात्रीलाई समस्या परेको छ । बर्षा र असिनापानीले जिल्लाका केही गाविसमा ठुलो अन्नबालीको क्षती भएको छ । हिउँजस्तै सेताम्मे असिनाले अन्नबालीमा क्षती पुगेको खवर आएपनि विवरण प्राप्त नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।