शुल्क विवादले अस्तब्यस्त बन्दै म्याग्दी बहुमुखी क्याम्पस

0

म्याग्दी बहुमुखी क्याम्पसको मासिक शुल्क वृद्धि गर्ने निर्णय फिर्ता गर्नुपर्ने माग गर्दै एमालेनिकट अनेरास्ववियुले चरणबद्ध आन्दोलनको अझै टुंगो लागेको छैन् । विद्यार्थीको आन्दोलनका कारण प्रध्यापक र कर्मचारीले परिक्षामा वितरण गर्ने कपीमा हाजिर गरिरहेका छन् ।
img_7311
क्याम्पस सञ्चालक समितिको २०७३ असोज १३ गते बसेको बैठकले स्नातक तहमा मासिक शुल्क ६७५ बाट बढाएर प्रथम वर्षमाआठसय, दोस्रो वर्षमा नौसय,तेस्रो वर्षमा एकहजार र चौथो वर्षमा एकहजार एकसय कायम गर्ने निर्णय गरेपछि अनेरास्ववियु म्याग्दी क्याम्पस मूल इकाई कमिटीले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको भएपनि अहिलेसम्म भएका छलफल विना निस्कर्ष टुगिएका कारण क्याम्पस भित्रको गतिविधिमा समेत गम्भीर असर गरेको छ । क्याम्पसमा यसअघि भर्ना शुल्क तीनहजार दुई सयबाट बढाएर चारहजार दुईसय बनाइएको थियो ।
img_7308
बढेकोमासिक शुल्क फिर्ता लिन दवाव दिँदै आइतबार बिहान ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म क्याम्पसको मुख्य प्रवेशद्वारमा धर्ना बसेका अनेरास्ववियूका विद्यार्थीले फिर्ता नभए अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका विद्यार्थीले केहीदिन अगाडी क्याम्पस प्रमुख विरुद्ध क्याम्पसकै इतिहासमा डरलाग्दो सांकेतिक आन्दोलन गरेको गरेका थिए । शुल्क बृद्धि भएको दिनदेखी सुरू भएको आन्दोलन पछि एमाले निकट अनेरास्ववियूले सुरु गरेका विभिन्न चरणका आन्दोलनले समेत निकास निस्कन नसकेपछि क्याम्पसको समस्या जटिल बनेको छ ।
img_7305
हिजो आइतबार प्रवेशद्वारमा धर्ना बसेर क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठलाई क्याम्पसबाट बाहिर निस्कन दिएका थिएनन् । तत्कालै शुल्क वृद्धि फिर्ता लिने निर्णय गर्नुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठलाई क्याम्पसबाट बाहिरिन नदिएका विद्यार्थी र सञ्चालक समितिबीच मङ्गलबार बैठक बसेर छलफल गर्ने सहमति भएको थियो । क्याम्पसको प्रवेशद्वार बाहिर दिनभर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अवस्थामा समेत पटक–पटक देखिएको छ ।
img_7337
विद्यार्थी संगठनविच नै शुल्क बृद्धिमा दुरी बढेको छ । अनेरास्ववियूले पुरानै शु्ल्क कायम गर्नुपर्छ भन्ने अडान राखिरहेको अवस्थामा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पसलाई बलियो बनाउन समय सापेक्ष शुल्क हुनुपर्ने बताइरहेका छन् । त्यस्तै सञ्चालक समितिले प्रध्यापक कर्मचारीको तलबभत्ता र सुविधा बढेअनुसार समयसापेक्ष रुपमा शुल्क बढाउने विषयमा सरोकारवालाहरुको छलफलबाटै निर्णय भएकाले फिर्ता लिने विषयमा सञ्चालक समितिले मात्रै निर्णय गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।
img_7335
क्याम्पस प्रमुख टिकाराम सापकोटाले क्याम्पस सञ्चालनको अन्य स्रोत नभएको र घाटामा रहेकाले शुल्क बढाउनु बाध्यता भएको बताउनुभयो । गुणस्तर वृद्धि गर्ने र विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि पठनपाठन गराउन प्रतिबद्ध रहेको बताए । एक महिना देखी अध्यक्ष र क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्ववियुले लगाएको तालाका कारण प्रशासनी काममा समस्या भएको बताउँदै तत्कालै ताला खुले अतिरिक्त कक्षा सञ्चालनको प्रक्रियालाई सुरु गर्ने तयारीमा प्रशासन रहेको छ ।
img_7331
यता आन्दोलनरत अनेरास्ववियु क्याम्पस कमिटीका सचिव ईश्वर सुवेदीका अनुसार वैकल्पिक स्रोत खोज्नुपर्ने तर गरिब, विपन्न समुदायका विद्यार्थीले पढ्ने क्याम्पसमा शूल्क बढाउन नहुने अडानमा कुनै परिवर्तन नहुने बताए । उनले क्याम्पसका धेरै विकप भएपनि शुल्कलाई मात्रै आधार मान्नु विद्यार्थीको भावना विपरित भएको बताए ।
img_7316
शिक्षा, व्यवस्थापन र मानवीकि सङ्कायमा दशजोड दुई र स्नातक तहको पठनपाठन हुने म्याग्दी क्याम्पसमा १ हजार जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।क्याम्पस भित्र देखिएको द्धन्द्धका कारण पठनपाठन र विद्यार्थी विच नै सम्बन्ध बिग्रिएको छ । यसैविच शुल्क समायोजनका बारेमा छलफलको प्रयास गरिएकाले पुरानै शुल्क बृद्धि गरिए प्रध्यापकहरुको सुविधा समेत कटौटी गर्नुपर्ने राय समेत प्रस्तुत हुन थालेपछि अवस्था जटिल बन्दै गइरहेको छ ।