म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसको सोमबार २६औं वार्षिकोत्सव मनाइएको छ । ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
img_7305
वार्षिकोत्सवको अवसर पारेर त्रिभूवन विश्वविद्यालयले २०७२ सालमा सञ्चालन गरेको वार्षिक परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायका विद्यार्थीहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ । उनीहरुलाई दलबहादुर खत्री स्मृति, कलावर्ती कार्की, पवि बल भक्त थापा स्मृति कोषबाट छात्रवृत्ति र क्याम्पसबाट पुरस्कार वितरण गरिएको थियो ।
img_00334
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले क्याम्पसको विकासमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । उनले आगामी दिनमा क्याम्पसका उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने बनाउन सुझाव दिएका छन् ।

सोही कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले क्याम्पसको महायज्ञ र शुल्क वृद्धिको विषयलाई एमालेसँग जोडेर फरक ढङ्गले टिकाटिप्पणी भएको भन्दै महायज्ञमा एमालेले असहयोग ग¥यो भनेर गलत व्याख्या भैरहेकोमा खण्डन गरे । उनले क्याम्पसमा शुल्क वृद्धिभन्दा पनि वैकल्पिक उपायको खोजी गर्नुपर्ने भन्दै क्याम्पसमा जारी समस्या समाधान गर्न सम्बद्ध सबै पक्ष मिलेर जानुपर्ने बताए ।
img_00235
कार्यक्रममा पवि बल भक्त थापा स्मृति छात्रवृत्ति कोषका संरक्षक मदन थापा र कलावर्ती छात्रवृत्ति कोषका संरक्षक भक्त कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम शुरु हुनुपूर्व विद्यार्थी, प्राध्यापक र सञ्चालक समितिका पदाधिकारीले सदरमुकाम बेनीमा प्रभातफेरी ¥याली गरेका थिए ।