सम्पर्कविहिन भएका पितम पोखराको तालचोकमा भेटिए

0
198

उपचारको क्रममा पोखरास्थित जिएम अस्पतालको प्रवेशद्धारबाट बेपत्ता भएका म्याग्दी निस्कोट–६ का २८ बर्षिय पितम पुर्जा तालचोकका स्थानीयले फेला पारेका छन् । उपचारपछि घर फर्कने क्रममा हराएका पुर्जालाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तस्विर देखेको आधारमा स्थानीयले उद्धार गरी प्रहरीलाई जिम्मा लगाएको पुर्जाका आफन्त धन बहादुर पुनले बेनीअनलाइनलाई बताए ।

‘सम्पर्कमा ल्याउन सञ्चारमाध्यमको समेत भूमिका देखियो ।सबैको सहयोगबाट खोजीकार्य गरेको केहीदिनमै फेला पार्न सफल भएका छौ’ पुनले भने । मानसिक समस्याका कारण पुर्जालाई अस्पतालमा लगिएको थियो ।

अस्पतालको उपचार पछि धामीझाक्रीकोमा जाने क्रममा सम्पर्कविहिन भएपछि खोजीकार्यमा जुटेका आफन्तले बेनीअनलाइनलाई मार्फत खोजीकार्यका लागि अपिल गरेका थिए । पढाईमा समेत अब्बल रहेका यू मानसिक समस्या देखिएपछि परिवार र आफन्तले उपचारका लागि पोखरा लगेका थिए । यसैविच खोजीकार्यमा सहयोग गर्ने प्रहरी र सञ्चारमाध्यप्रति पुर्जा परिवारले धन्यवाद प्रकट गरेका छ ।