म्याग्दी क्याम्पसको मासिक शुल्कवृद्धिको निर्णय स्थगित, समायोजन गर्न कार्यदल गठन

0
174

म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा गरिएको मासिक शुल्क वृद्धिको निर्णय स्थगित गरिएको छ । शुल्कबृद्धि भएपछि अनेरास्ववियू म्याग्दीले सञ्चालक समितिको अध्यक्ष र क्याम्पस प्रमुख टिकाराम सुबेदीको कार्यकक्षमा तालाबन्दी सहित चरणबद्ध आन्दोलन सुरू गरेपछि देखिएको समस्या समाधानका लागि बृद्धि गरिएको शुल्क स्थगित गर्ने निर्णय गरिएको हो ।

सांसद रेशम बहादुर बानियाँ, प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य,स्थानीय विकास अधिकारी प्रेमराज गिरी,सञ्चालक समितिका पदाधिकारी, विद्यार्थी संगठन सहित बसेको बैठकले २०७३ असोज १३ गते बसेको बैठकले बृद्धि गरेको शुल्कलाई हाल स्थगित गरी शुल्क समायोजनका बारेमा आवश्यक छलफल गर्न सञ्चालक समितिका कोषाध्यक्ष सोमनाथ ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलको सदस्यमा माधव प्रसाद रेग्मी, राजकुमार थापा, चार विद्यार्थी संगठनका प्रतिनिधि,पुर्व विद्यार्थी, अभिभावक संघ, क्याम्पस प्रमुख र प्राध्यापक सदस्य रहेको कार्यदल गठन गरिएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बेनीअनलाइनलाई बताए ।
15826615_740416902779522_5098309606480532156_n
‘शुल्कबृद्धि स्थगित गरिएको छ, कार्यदलको सुझावका आधारमा बृद्धि गरिनेछ’ क्याम्पस प्रमुख सापकोटाले भने । उनले पब्लिकको सहयोगमा सञ्चालन भइरहेको क्याम्पसमा पुरानै शुल्कलाई निरन्तरताको सम्भावना नरहेकाले शुल्क बढाउनुपर्ने बाध्यता रहेको बताए ।राजनीतिक दलका प्रमुखहरुको समेत उपस्थिती रहेको बैठकमा एक महिनाभित्र कार्यदलले छलफल, आवश्यकता र विविध पक्षमा समेटेर तयार पारेको प्रतिवेदनका आधारमा बैज्ञानिक शुल्क निर्धारण गरिने बताए ।

सञ्चालन समितिले स्नातक तहमा मासिक शुल्क ६७५ बाट बढाएर प्रथम वर्षमाआठसय, दोस्रो वर्षमा नौसय,तेस्रो वर्षमा एकहजार र चौथो वर्षमा एकहजार एकसय कायम गर्ने निर्णय गरेपछि अनेरास्ववियु म्याग्दी क्याम्पस मूल इकाई कमिटीले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको थियो ।अनेरास्ववियूले आन्दोलन सफल भएको प्रतिक्रिया दिएको छ ।
img_7332
बेनीअनलाइनसंग कुराकानी गदैं अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलले स्थगित नै फिर्ता भएको बताउँदै आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको बताए ।उनले सामुदायिक लज देखी बैकिङ्ग संस्थासम्मका दिर्घकालिन भिजन सहितको योजनाहरु रहेकाले विद्यार्थीलाई भार पार्ने योजनाहरुलाई निरुत्साहित गर्ने अभियान खुल्ला रहेको बताए । उनले संगठनको दिर्घकालिन योजना सहितका आफ्ना एजेण्डालाई समेत कार्यदलमा जानकारी गराउने बताए । शिक्षा, व्यवस्थापन र मानवीकि सङ्कायमा दशजोड दुई र स्नातक तहको पठनपाठन हुने म्याग्दी क्याम्पसमा १ हजार जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।