म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम शिक्षा पत्रकारिता लेखनबृत्ती पुरस्कार बाट पुरस्कृत भएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ र शिक्षा विभागले काठमाण्डौमा आयोजित समारोहका विच पश्चिमाञ्चल क्षेत्रबाट गौतमले नगद १५ हजार रुपैयाँको क्षेत्रीय खेलनबृत्ती पुरस्कारबाट सम्मानित भएका हुन् ।

महासंघ र शिक्षा विभागले राष्ट्रिय, क्षेत्रीय लेखनबृत्ती र संस्थागत शिर्षकमा मागेको आवेदनका आधारमा गौतम सशित अर्घाखाँचीका विरेन्द्र केसी र रुपन्देहीका जर्नादन पोख्रेलले समेत पुरस्कारबाट सम्मानित भएका हुन् । पुरस्कार वितरणमा शिक्षा राज्यमन्त्री धनमाया बिक, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट लगाएतको उपस्थिती रहेको थियो ।

म्याग्दीको ओखरबोट १ स्थायीस् घर भई २०६४ साल देखी पत्रकारितामा प्रवेश गरेका गौतम रासस, सगरमाथा टेलिभिजनका साथै स्थानीयमा नवविकल्प साप्ताहिक, म्याग्दीकालि एफएम, धौलागिरि टेलिभिजन लगाएतमा कार्यरत छन् । पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दुको संयोजकत्वमा गठित छनौट समितिको सिफारिसमा देशभरबाट ४० पत्रकार र सञ्चारमाध्यमलाई सम्मान गरिएको छ ।