सेवाग्राही सचेत भए भ्रष्टाचार न्यूनिकरण

0
253

जनता सचेत भए भ्रष्टाचारजन्य गतिविधिमा न्यूनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममासार्वजनिक निकायमा अनुचित वा भ्रष्टाचारजन्य गतिविधिहरू हुन लागेमा जनत सचेत भएर खवरदार गरे भ्रष्टाचार रहित समाज बनाउन सकिने बताइएको थियो ।
img_7354
क्षेत्रीय कार्यालयका प्रमुख सहसचिव जानकी बलव अधिकारीले भ्रष्टाचारजन्य गतिविधिलाई निरुत्साहित गर्न भ्रष्टाचार विरुद्धको अभियानलाई जिल्लामा कार्यक्रम गरी मनाउने तयारी गरिएको बताउनुभयो । उहाँले सेवाका नाममा हुने लेनदेन रोक्न सकेमा पनि भ्रष्टाचारलाई सु्न्य बनाउने अभियान सफल हुने बताउनुभयो ।
img_7348
अन्र्तरक्रिया कार्यक्रममा म्याग्दी जिल्लामा जिविस, शिक्षा, स्वास्थ्य लगाएतका सरकारी निकायका सेवाप्रवाह बारेमा २७ वटा उजुरी अख्यिारमा परेको बताउँदै सबैभन्दा धेरै शिक्षा र जिविस अन्र्तरगतका निकायको रहेको बताइएको थियो । अन्र्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जिल्लाभित्र भ्रष्टाचारजन्य गतिविधिका बारेमा गुनासो आए तत्कालै सम्बन्धित निकायमा जानकारी दिन अनुरोध गर्नुभयो ।
img_7360
त्यस्तै स्थानीय विकास अधिकारी प्रेमराज गिरी लगाएत सरकारी कार्यालयमा प्रमुखहरुले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा जिल्लास्थीत सरकारी कार्यालयका गतिविधिका बारेमा गुनासो गरिएको थियो । बार्षिक कार्यक्रम सार्वजनिक नगर्ने भन्दै सरकारी कार्यालयको आलोचना भएको थियो । कार्यक्रममा अख्तियार क्षेत्रीय कार्यालयका गतिविधिका बारेमा उपसचिव विष्णुप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो । क्षेत्रीय कार्यालयमा धौलागिरि अञ्चलबाट परेको ११ प्रतिशत उजुरी मध्ये म्याग्दी जिल्लाको ३ प्रतिशत रहेको छ ।