कुहुँ गाविसको २५ औ गाउँ परिषद् सम्पन्न भएको छ । गाविस सचिव श्रीराम पौडेलको अध्यक्षतामा भएको गाउँ परिषद्को उद्घाटन जेष्ठ नागरिक यामकुमारी पुनको गर्नुभएको थियो ।

परिषद्मा पुर्व गाविस अध्यक्ष प्रेम प्रसाद रेग्मी, नेपाली कांग्रेसका प्रतिनिधि बिल बहादुर पुन, नेकपा एमालेका प्रतिनिधि पुर्णमायाँ शेरपुञ्जा,दलित सञ्जाल अध्यक्ष लालमायाँ सिर्पाली, महिला सञ्जालकी अध्यक्ष गौमती रोका, वडा नागरिक मञ्च संयोजक रुक बहादुर रोका, लाल यूवा क्लव पुर्णगाउँका सचिव सागर सुबेदी, कृषि सञ्जालका अध्यक्ष केशव बहादुर घर्ती क्षेत्री, राष्ट्रिय जनजागृति माविका प्रअ टेक बहादुर राम्जाली, सिद्धशान्ती मावि हिदीका प्रअ होमनाथ सुबेदी लगाएतले मन्तब्य राखेका थिए ।

परिषद्मा गाविसका विभिन्न योजना, शैक्षिक, स्वास्थ्य, विकास निर्माण, कृषि लगाएतका विभिन्न योजनाका बारेमा छलफल भएको थियो । गाविसका योजनाहरुलाई इलाका परिषद् मार्फत जिल्लामा लैजाने तथा अति आवश्यक योजनाहरुलाई प्राथमिकतामा गरिएको थियो ।

गाविस सचिव श्रीराम पौडेलले गत आर्थिक बर्षको आयब्ययको प्रस्तुती संगै चालु आर्थिक बर्ष ०७३÷०७४ को चालु तर्फ ६ लाख १ हजार ७७६, पुँजीगततर्फ ३६ लाख ३४ हजार ५३५, लक्षित बर्ग १२ लाख ७२ हजार ८६, भौतिक पुर्वाधार तर्फ १० लाख ८८ हजार ५३४ र अन्यमा १२ लाख ७३ हजार ९१५ बजेट प्रस्तुत गरिएको थियो । परिषद्को गाविस सचिव पौडेलको अध्यक्षता देउराली यूवा क्लवका एकजित रोकाको सञ्चालन र सामाजिक परिचालिक सन्तोषी सुबेदीको स्वागतमा सम्पन्न भएको थियो ।