(हरिकृष्ण गौतम)
धौलागिरि हिमालको आधार शिविर(वेस क्याम्प) जाने नयाँ धौलागिरि सेन्चुरी ट्रेलको बिहिबार एक समारोहका विच काठमाण्डौमा शुभारम्भ गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले पदमार्गको उद्घाटन गदैं म्याग्दीको पर्यटनको क्षेत्रमा नयाँ पदमार्गले महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरे ।
15826505_1329933787052427_4737146895902095568_n
पर्यटकीय जिल्ला म्याग्दीको प्रचारप्रसार तथा पूर्वाधार विकासको आवश्यकता रहेको बताउँदै नयाँ पदमार्गको विस्तारमा सहयोगको प्रतिबद्धता समेत जनाए । म्याग्दी उद्योग वाणिज्य संघको आयोजना नेपाल पर्यटन बोर्ड लगाएतका संघसंस्थाको सहयोगमा नेपाल पर्यटन बोर्ड भुकुटी मण्डपमा आयोजित कार्यक्रममा म्याग्दीमा सांसद नवराज शर्मा, सांसद एवम् पुर्वराज्य मन्त्री नरदेवी पुन,पर्यटन वोर्डको सिइओ दिपक राज जोशी, टानको अध्यक्ष चन्द्र रेग्मी, मोना अस्टेलियाका प्रतिनिधि मुक्ति रोका,राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका दिप छन्त्याल, म्याग्दी चौतारीका अध्यक्ष नरबहादुर विसीले पदमार्गका बारेमा मन्तब्य राखेका थिए ।
15934744_981113682020373_271646217_n
समारोहमा नेपाल पर्वतआरोहि संघका अध्यक्ष आङ छिरिङ शेर्पा, मोना आइसीका संस्थापक अध्यक्ष एवम् हङकङ नेपाल ब्यापार संघका अध्यक्ष प्रकाश पुन, एनआरएन जापानका सुरज गौचन, धौलागिरि सेन्चुरी पदमार्गका आगुवा पवन शाक्य, म्याग्दीबाट काठमाण्डौमा रहेका विभिन्न संघसंस्थामा प्रमुख एवम् प्रतिनिधि लगाएतको उपस्थितीमा भएको कार्यक्रममा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्न सुभाव दिइएको थियो ।
15909969_981110538687354_2091744237_n
सामारोहमा पदमार्गको अवस्था तथा भावी योजनाका बारेमा जानकारी गराउँदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन कुमार विश्वकर्माले म्याग्दीको पर्यटनको क्षेत्रमा कोशेढुंगामा सावित विश्वास ब्यक्त गरेका थिए । ०७२ फागुनको अन्तिम साता गरिएको स्थलगत अध्ययन अवलोकन तथा खोजयात्राको तत्कालिन पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले म्याग्दी उद्योग वाणिज्य संघका महासचिव शाक्यलाई नेपालको झन्डा हस्तान्तरण गरेर आवश्यक सहयोगको प्रतिबद्धता जनाएका थिए । पदमार्गको खोजमा टे«किङ गाईड, नक्साङकन गर्ने प्राविधिक लगायतको टोली वेस क्याम्प सम्म पुगेको थियो ।
15879441_981110345354040_454455836_n
म्याग्दीको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीहरुलाई समेटेर पहिचान गरिएको पदमार्गको नाम धौलागिरि सेञ्चुरी ्राखिएको हो । जंगली जनावर, गुराँसे जंगल, विभिन्न प्रजातिका फुलहरु, स्थानीयको अतिथि सत्कार,सुन्दर हिमश्रृङखलको दृष्य अवलोकन मगर तथा छन्त्याल संस्कृति लगाएत पर्यटकलाई आर्कषित गर्ने प्रसस्तै सम्भावना रहेको पदमार्गको अन्वेषणको क्रममा नक्साङ्कन समेत गरिसकिएको छ ।
15879286_981112828687125_1260681385_n
जिल्लामा रहेका जनजातीको कला र संस्कृतिको सुरुवात भएको गाविसका रुपमा चिनिने चिमखोला आसपासका क्षेत्रमा घन्किने थाली, पुख्यौली लगाएतका पुराना नाँचहरुका साथै दर्मिजाको तातोपानी कुण्ड र आर्कषक बस्तीहरु समेत पदमार्गको विषेशता रहेको छ । कार्यक्रको अध्यक्षता संघका अध्यक्ष जीवन कुमार विश्वकर्मा, सञ्चालन महासचिव राजेश शाक्य र समापन बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले गरेका थिए ।
15878841_981113242020417_1310280731_n
पदमार्ग अन्र्तरगत बेनी–झि–पाखापानी–ध्यासीखर्क–छरी–फेदी–वेसक्याम्प पुगेर पुनः घ्यासीर्खकमा आएर चिमखोला–दर्मिजा–दग्नाम–मौवाफाँट– पवित्र धार्मिक स्थल गलेश्वर हुँदै बेनी आएर एक सातामा यो पदयात्रा पुरा हुन्छ ।त्यसैगरी ओडार क्याम्प र फेदी क्याम्पबाट धौलागिरि आईसफल पदमार्गसँग जोडीदै मुस्ताङको लेतेमा समेत यो पदमार्ग जोड्ने सकिन्छ । पदमार्गको शुभारम्भ भएपछि पर्यटकलाई आवश्यक पर्ने संकेत चिन्ह, सुचना केन्द्र, खानेपानी, डाईनिङ हल लगाएतका पुर्वाधारहरु विस्तार गरिने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । यसैविच गतबर्ष पदमार्गको स्थलगत अनुगमनमा गएको टोलीले संकलन गरेको फोटोहरुलाई समेत प्रर्दशन गरिएको छ ।
15871171_981114535353621_1195635573_n