(प्रताप बानियाँ)
म्याग्दीको बेनी नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि झण्डै पौने ८ करोड रुपैयाँ बजेट प्रस्तावित गरेको छ ।बिहीबार आयोजित वार्षिक बजेट, नीति, योजना तथा कार्यक्रम सार्वजनिकीकरणमा चौथो नगर परिषदमार्फत कुल ७ करोड ६८ लाख २३ हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरिएको हो ।
img_00134img_00093
सार्वजनिकीकरण कार्यक्रममा बजेट बक्तव्य प्रस्तुत गर्दै बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले आउँदो वर्षका लागि चालुतर्फ १ करोड ६२ लाख ३५ हजार र पुँजीगततर्फ ६ करोड ५ लाख ८८ हजार रुपैयाँ प्रस्ताव गरेको जानकारी दिए । उनका अनुसार आगामी वर्षमा लक्षित वर्गअन्तर्गत १ सय ३३, आर्थिक–सामाजिक तथा भौतिक पूर्वाधार विकासअन्तर्गत २१, पवद्र्धनात्मकतर्फ ५१, सौर्य सडक बत्ती कार्यक्रम १, नमुना सडक योजना १ र सडक मर्मतसम्भार कार्यक्रम ६ ओटा रहेका छन् ।
img_00093
परिषदको उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले बेनी नगरपालिकालाई व्यवस्थित बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले नेपाल सरकारको नीतिअनुसार हरेक नगरपालिका सफा, सुन्दर, बालमैत्री तथा वातावरणमैत्री हुनुपर्ने बताउँदै बेनी नगरपालिकालाई सुन्दर र व्यवस्थित बनाउने काम स्थानीय राजनीतिक दल एवं नागरिक समाजको हातमा रहेको बताएका छन् ।

राज्यमन्त्री पुनले संविधान निर्माण गरेपनि अहिले हामी विगत १९ वर्षदेखि स्थानीय निकायको निर्वाचनविहिन अवस्थामा रहेको भन्दै जनप्रतिनिधिहरु नहुँदा विकास निर्माणले कार्यक्रम र बजेटअनुसार उपलब्धि हासिल गर्न नसकेको बताए । उनले वर्तमान समयमा सबै दलहरु मिल्नुको विकल्प नभएको भन्दै सहमति गरेर स्थानीय निकायको निर्वाचनमा ध्यानकेन्द्रीत गर्नुपर्ने धारणा राखेका छन् ।
img_00053
सोही कार्यक्रममा सांसद नवराज शर्माले शुभकामना सन्देशमार्फत नगरक्षेत्रमा भएका सम्भावनाहरुलाई पहिल्याएर इमान्दारिताको साथ कार्यान्वय गरेमा बेनी नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउन सकिने बताएका थिए । सांसद रेशमबहादुर बानियाँले नगरपालिकाले आफ्नै स्रोत र साधन खोजेर विकास निर्माणमा लगानी गर्नुपर्ने भन्दै सबै दलहरु मिलेर स्थानीय निकायको निर्वाचन गराउनुपर्ने बताएका थिए ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बजेट बनाउँदा ध्यान दिने र कार्यान्वयन गर्दा ध्यान नदिइने हुँदा जनसहभागीता जुटेका खण्डमा उपभोक्ता समिति र नभए टेण्डर प्रक्रियामार्फत विकास निर्माणका कामहरु सम्पन्न गर्नुपर्ने बताए । स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बेनी नगरपालिका कार्यालयले गुरुयोजना बनाएर नगर क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए छन् ।
img_00171
कार्यक्रममा पूर्वसभासद गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष शेरबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष पहलबहादुर खत्री, जनमोर्चाका विष्णुकुमारी कार्की, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष मुक्ति रोका, अखण्ड नेपालका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर बानियाँ र नयाँ शक्तिका भूवन बुढाथोकीले मन्तव्य राखेका थिए ।

यसैगरी नगरस्तरीय अपाङ्ग समन्वय समितिका यज्ञदत्त उपाध्याय, महिला समन्वय समितिका संयोजक अमृतदेवी बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सुविनकुमार श्रेष्ठ, वडा नागरिक मञ्चका संयोजक मुक्तिबहादुर खड्का, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले मन्तव्य राखेका थिए । कार्यक्रम बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीको अध्यक्षता, इन्जिनियर बिमलरञ्जन कार्कीको स्वागत र कार्यक्रम अधिकृत सविता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।