सीता बचाउ अभियानमा रु २५ लाख बढी सहयोग जुट्यो

0

म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग संकलन अभियानमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलिहरुबाट उत्साहजनक रुपमा सहयोग जुट्न थालेको छ ।

टिचिङ अस्पताल काठमाण्डौमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि स्वदेश तथा विदेशमा रहेका राखुबासि र म्याग्देलिहरुको पहलमा रु २५ लाख बढी सहयोग जुटेको छ । अभियान सुरु भएको दुई सातामा उक्त सहयोग जुटेको सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानका संयोजक नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।

अभियान अन्र्तगत बुधवार बेनी स्थित जिबन चुनचाँदी दुकानका सञ्चालक एवम् म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवन विश्वकर्माले रु ५० हजार सहयोग गर्नुभएको छ । अयिभान समितिका अनुसार, कतारमा रहेका राखुबासि र म्याग्देलिहरुले समेत सहयोग अभियान सुरु गरेका छन् । अभियान अन्र्तगत दक्षिण कोरिया, जापान , बेल्जियम, पोर्चुगलम लगायतका मुलुकमा रहेका राखुबासि र म्याग्देलिहरुले उत्साहजनक रुपमा सहयोग जुटाईरहेको समितिले जनाएको छ ।

उपचारमा ठुलो रकम लाग्ने भएकाले जिल्लामा समिति गठन गरेरै आर्थिक संकलन गर्न सुरु भएपछि अमेरिका, अष्टे«लिया, साउदी, दुबै, ओमन, बहराईन लगायतका मुलुकमा रहेका राखुबासि र म्याग्देलिहरुले समेत अभियानमा सहभागिता जनाईरहेका छन् । यसैबिच अस्पतालमा उपचाररत क्षेत्रीको श्वास्थ्यमा समेत क्रमिक सुधार आएको र उहाँको उपचार सम्भव रहेको उपचारमा संलग्न डाक्टरहरुले जानकारी गराएका छन् ।

’’क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताहरुले बेनी स्थित ग्लोबल आइएमई बैँकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्धय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यबस्था मिलाईएको छ ।