राष्ट्रिय स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति म्याग्दीको दोस्रो अधिवेशनबाट भीमप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ‘पेशागत सशक्तिकरणका लागि आधिकारिक टे«ड युनियन, गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच हाम्रो अभियान’ भन्ने मूल नारासहित शनिबार बेनीमा सम्पन्न अधिवेशनले आचार्यको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सोमनाथ उपाध्याय, महिला उपाध्यक्षमा लीला गौतम, सचिवमा सुमित्रा थजाली, कोषाध्यक्षमा यामबहादुर थापा र सहसचिवमा दिनेश जिसी चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा सन्तुकुमारी कार्की, टिकाबहादुर शाही, थमन गौतम, समुन्द्र बरुवाल, खिमबहादुर शाही, टेकनाथ शर्मा, सविना चोखाल, रुमाकुमारी खत्री, विजय झा, विपसा परियार, साधना पोखरेल, कमला मल्ल र भावना पौडेल रहेका छन् ।

धिवेशनको उद्घाटन गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका महासचिव डाक्टर झलक शर्माले पछिल्लो समय स्वास्थ्य क्षेत्र राजनीतिले गर्दा अस्तव्यस्त बनेको बताए । उनले सेवा अवधि पुरा नभई तथा पूर्वाग्रही ढङ्गले कर्मचारी सरुवा बढुवाको चलखेल हुँदा स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम भैरहेको बताएका छन् ।