नेपाल मगर विद्यार्थी संघ म्याग्दी शाखाको अध्यक्षमा श्याम थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा लाल बहादुर थापा, सचिव चन्द्र बुढा, कोषाध्यक्ष एलिना पुन, सह–सचिव यमुना पाईजा चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा दिनेश फगामी, खगेन्द्र घर्तीमगर, दल बहादुर रोका ‘दर्पण’, विजय घर्ती, खिमा थापा, भरत अर्मजा,अशोक पुन, गीता बुढा, संगम पुन, विकल रोका, अप्सन राम्जाली, मन बहादुर घर्ती, लक्ष्मी पुन मगर र हिक कुमार जुग्जाली रहेको मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगरले बेनीअनलाइनलाई जानकारी दिए ।
अधिवेशनको आदिवासी जनजाति महासंघ म्याग्दीका अध्यक्ष मुक्ति रोकाले उद्घाटन गरेका छन् । अधिवेशनको अवसरमा बोल्ने बक्ताले यूवाको सक्रियतामा लोपउन्मुख कला र संस्कृतिको संरक्षण सहित मगर आन्दोलनलाई प्रभावकारी बनाउन निरन्तर सक्रियता देखाउनुपर्नेमा जोड दिएका थिए । अधिवेशनको पुर्वसन्ध्यामा बेनीबजारमा पुख्यौली नाँच सहित बजार परिक्रममा गरिएको थियो ।