म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थाको शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुनः प्रमोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, सचिवमा रामजीप्रसाद सुवेदी, सहसचिवमा भीष्म मल्ल, कोषाध्यक्षमा सुविन श्रेष्ठ र सहकोषाध्यक्षमा दिनेश ढुङ्गाना निर्वाचित भएका छन् ।
img_0001
यसैगरी कार्यसमिति सदस्यहरुमा दुर्गाराम सुवेदी, राजु बानियाँ, यामबहादुर खड्का, राजाराम पौडेल, अमृतकुमार श्रेष्ठ, दिपक हमाल, माधवप्रसाद रेग्मी, बालबहादुर महत र महेन्द्र खत्री रहेका छन् । त्यस्तै लेखबहादुर हमाल संयोजक, रामप्रसाद सुवेदी र नारायणप्रसाद सुवेदी सदस्य रहेको लेखा समिति गठन भएको छ ।केबल,इण्टरनेट र एफएम रेडियो संचालन गर्दै आएको म्याग्दीकाली संचार सहकारी संस्थाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले गरेका थिए । ५ सय ४९ जना शेयर सदस्य रहेको संचार सहकारीमा २ करोड,४४ लाख,७० हजार ४ सय शेयर रकम रहेको छ ।
img_00033