विवादित गाउँपालिकाको केन्द्रको स्थानीय निकायको चुनावपछिको पहिलो बैठकले टुंगो लगाउने गरी आयोगले प्रतिवेदन बुझाएको छ । विवादित तथा एउटै गाउँपालिकाको केन्द्रलाई दुईवटा गाविसमा तोकिएका, नामकारण लगाएतका विवादलाई अस्थायी रुपमा चुनाव गर्ने समयसम्म एउटा केन्द्र र नाम तोकेपनि निर्वाचित प्रतिनिधिको पहिलो बैठकले टुंगाउने गरी प्रतिवेदन बुझाइएको स्रोतले जनाएको छ ।

स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले सरकारलाई बुझाएको प्रतिवेदनमा म्याग्दीका दुईवटा गाउँपालिकका विषयमा बुझ्ने क्रममा आयोगका कर्मचारीले सरकारले सार्वजनिक गर्ने बताउँदै अस्थायी केन्द्रका बारेमा समेत बोल्न आनकानी गरेपनि आयोगको क्षेत्रअधिकार भित्र केन्द्र तोक्ने अधिकार नभएको जिकिर गरेका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिकाको ताकम र मुना र रघुगंगा गाउँपालिकको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी प्रताव गरेर आयोगमा पेश गरिएको थियो । आयोगले सरकारलाई प्रतिवदेन बुझाएपछि म्याग्दीका सांसदले समेत बुझ्ने प्रयास गरेपनि सरकारले सार्वजनिक गर्नुपूर्व घोषणा गर्दा जनतामा विवाद उत्पन्न हुने भन्दै विवादित गाउँपालिकाको केन्द्रको स्थानीय निकायको चुनावपछिको पहिलो बैठकले टुंगो लगाउने गरी आयोगले प्रतिवेदन बुझाएको छ । विवादित तथा एउटै गाउँपालिकाको केन्द्रलाई दुईवटा गाविसमा तोकिएका, नामकारण लगाएतका विवादलाई अस्थायी रुपमा चुनाव गर्ने समयसम्म एउटा केन्द्र र नाम तोकेपनि निर्वाचित प्रतिनिधिको पहिलो बैठकले टुंगाउने गरी प्रतिवेदन बुझाइएको स्रोतले जनाएको छ ।

स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले सरकारलाई बुझाएको प्रतिवेदनमा म्याग्दीका दुईवटा गाउँपालिकका विषयमा बुझ्ने क्रममा आयोगका कर्मचारीले सरकारले सार्वजनिक गर्ने बताउँदै अस्थायी केन्द्रका बारेमा समेत बोल्न आनकानी गरेपनि आयोगको क्षेत्रअधिकार भित्र केन्द्र तोक्ने अधिकार नभएको जिकिर गरेका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिकाको ताकम र मुना र रघुगंगा गाउँपालिकको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी प्रताव गरेर आयोगमा पेश गरिएको थियो। आयोगले सरकारलाई प्रतिवदेन बुझाएपछि म्याग्दीका सांसदले समेत बुझ्ने प्रयास गरेपनि सरकारले सार्वजनिक गर्नुपूर्व घोषणा गर्दा जनतामा विवाद उत्पन्न हुने भन्दै अस्थायी केन्द्रका बारेमा जानकारी गराएको छैन ।

आयोगले गाउँपालिकामा प्रस्ताव गरिएका गाविसहरू मध्ये धेरै सहज हुने वा पूर्वाधार तथा भविस्यमा गाउँपालिकालाई सहज ब्यवस्थापन गर्न सक्ने एउटालाई चुनाव अवधिभरका लागि केन्द्र तोकेर पठाएको हुनसक्ने सांसद नवराज शर्माले बताए । ‘हामीले पनि बुझ्ने प्रयास गरिरहेका छौं। गुगलबाट समेत हेरेर अस्थायी केन्द्र तोकिएको हल्ला समेत सुनिएको छ’ शर्माले बेनीअनलाइनलाई भने । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्रमा ताकम, मुना, लुलाङ, गुर्जा, मराङ, मल्कबाङ र मुदी गाविस रहेको छ ।

रानीतिक दलले टुंगाउन नसकेपछि आयोगको जिम्मा लगाएको अवस्थामा आयोगले समेत अस्थायी भन्दै पहिलो निर्वाचित टोलीलाई जिम्मा सुम्पिएपछि
निर्वाचनमा समेत दलिय प्रस्तिपर्धा हुने निश्चित छ । आयोगले टुंगाएको केन्द्रलाई स्वीकार गर्न तयार रहेको अवस्थामा फरक निर्णय सहित प्रतिवेदन पेश गरिएको हो ।

रघुगंगा गाउँपालिका अन्र्तरगत पिप्ले, भगवती, पाखापानी, बेगखोला,कुईनेमंगले, दग्नाम, चिमखोल गाविस समावेश गरिएको छ । एउटा केन्द्र दुईवटा गाविसमा तोकिएपछि गाविसबासीले पटकपटक दवावमुलक कार्यक्रम समेत सञ्चालन गरेका थिए । अस्थायी तोकिएको गाउँपालिकाको केन्द्रको सार्वजनिक भएपछि तत्कालै राजनीतिक दलले गाविस्तरीमा कार्यक्रम गरी सहज वातावरण बनाउनुपर्ने देखिन्छ ।