(प्रताप बानियाँ)
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । म्याग्दीको बेनीमा आइतबार आयोजित अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यालयमा भएका सूचनाहरु सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
img_7427
उहाँले नेपालको संविधानले धारा २७ मा सूचनाको हकको व्यवस्था गरेको हुँदा आम सर्वसाधारण नागरिकलाई प्रत्येक कार्यालयका सूचना अधिकारीले सूचना उपलब्ध गराउनुपर्ने बताउनुभयो । प्रमुख आयुक्त बाँस्कोटाले सूचना दिने मान्छे लोकतन्त्रको पक्षधर हुने बताउँदै सूचना सार्वजनिक गर्ने व्यक्ति, संस्था र कार्यालय ठूलो तथा शक्तिशाली हुने बताउनुभएको छ ।

सर्वसाधारण नागरिकले सूचना मागेमा सूचना अधिकारीले १५ दिन र कार्यालय प्रमुखले ७ दिनभित्रमा सूचना उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । हरेक कार्यालयले तीनतीन महिना सकिएपछि १५ दिनभित्र सूचना सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै प्रमुख सूचना आयुक्त बाँस्कोटाले कानुन बमोजिम तोकिएको दायित्व पुरा गर्नुपर्ने र सूचनाको संरक्षण गर्नुपर्ने बताउनुभयो । सरकारी कार्यालय, राजनीतिक दल, गैरसरकारी संघसंस्था र निजी क्षेत्रले सूचना दिने र सार्वजनिक गर्नुपर्ने उहाँको भनाई छ ।

सबैले सूचनाको हकको सम्मान गर्नुपर्ने भन्दै प्रमुख आयुक्त बाँस्कोटाले कर्मचारीले कानुनमा जे आयो त्यहीअनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो । कार्यालयको नियमित कामसँगै प्रचारप्रसार र सूचना सार्वजनिक गर्न कार्यालय प्रमुखलाई आग्रह गर्दै उहाँले कार्यालयमा उजुरी पेटिका, गुनासो व्यवस्थापन, बडापत्र, सार्वजनिक सुनुवाई, घुम्ती शिविर जस्ता सेवा प्रवाह गरी जनतालाई राहत र राज्यलाई सहयोग गनुपर्ने बताउनुभएको थियो ।
img_7431
प्रमुख जिल्ला अधिकारीलाई तीनतीन महिनामा सूचना जारी गर्न, सूचना अधिकारी तोक्न निर्देशन र सूचना सार्वजनिक भएको रेकर्ड अद्यावधिक गर्न तीनबुँदे अधिकार दिइएको प्रमुख आयुक्त बाँस्कोटाले बताउनुभयो । उहाँले कार्यालय प्रमुख र कर्मचारीलाई जनताले असल प्रशासकको अनुभूति हुनेगरी काम गर्न आग्रह समेत गर्नुभएको छ ।
img_7425
कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलनमा सामूहिक प्रतिबद्धताको आवश्यकता विषयमा सहजीकरण गर्नुभएको थियो । यसैबीच कार्यक्रमको अवसरमा म्याग्दीका कार्यालय प्रमुखहरुले सूचना प्रवाहबारे प्रतिबद्धता जनाउँदै सातबुँदे म्याग्दी घोषणापत्र जारी गरेका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले सर्वसाधारणहरुले मागेका सूचनाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । प्रजिअ आचार्यको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख÷प्रतिनिधि र पत्रकारलगायतको सहभागीता रहेको थियो ।

विज्ञापन