‘हाम्रो ठाउँ हाम्रो परिचय,हाम्रो गाउँ हाम्रो गौरब’ भन्ने नारासहित ज्यामरुककोटको समग्र विकासका लागि गठन भएको ज्यामरुककोट समाज नेपालको काठमाण्डौंमा सम्पन्न प्रथम अधिवेशनले पुनः राम कार्कीलाई अध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा भीम सापकोटा,सचिवमा बालकृष्ण शर्मा,कोषाध्यक्षमा दीर्घ शर्मा,सहसचिवमा हर्क सापकोटा चयन हुनुभएको छ ।

त्यसैगरी समितिका सदस्यहरुमा बद्री सापकोटा,भविन्द्र कुवँर,अर्जुनबहादुर मल्ल,भावना मल्ल राणा, सन्तोष सापकोटा,दुर्गा थापा,अनिल कार्की,राजन घिमिरे,कुशुम मल्ल,कृष्णकली कार्की,अशोक मल्ल,जगत घिमिरे ,रेनु घिमिरे,प्रकाश विक र योगेन्द्र थापा रहनुभएको छ । ज्यामरुककोटमा जन्मिएर हाल काठमाण्डौमा वस्नुहुने बयोबृद्धा मनु मल्ल शाहले उद्घाटन गर्नुभएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो जन्मभूमिको शिक्षा,स्वास्थ्य लगाएत समग्र विकासका लागि आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमसख कृष्णवहादुर थापा, समाजसेवी चन्द्रवहादुर घिमिरे, बरिष्ठ कृषि वैज्ञानिक टीकावहादुर कार्की,ज्यामरुककोट समाज नेपाल उपसमिति बागलुङका कोषाध्यक्ष अनुप रिजाल,अर्जुन मावि भकुण्डेका प्रअ शिवकुमार खत्री,समाजका सल्लाहाकार विश्ववम मल्ल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।समाजका अध्यक्ष राम कार्कीको अध्यक्षता, र प्रध्यापक बालकृष्ण शर्माको संचालनमा सम्पन्न सो कार्यक्रममा सचिव दीर्घ रिजालले आर्थिक प्रतिवेदन र अध्यक्ष राम कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।