म्याग्दीको भकिम्ली ७ हल्लेगौँडामा शनिवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमालिक समेत रहेका बेनी नगरपालिका ४ बगरफाँटका हर्कवहादुर थापाको मृत्यु भएको छ । बेनीबाट भकिम्ली जाँदै गरेको ध १ त ३२०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ४६ वर्षिय हर्कबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टरको पछाडीको भाग सडकबाट खसेपछि थापालाई बिचको टायरले किचेको थियो । जिल्ला अस्पताल बेनीमा उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरिएका थापाको लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।