यसरी भएको थियो भकिम्लीमा ट्याक्टर दुर्घटना

0

म्याग्दीको भकिम्ली ७ हल्लेगौँडामा शनिवार दिउँसो ट्याक्टर दुर्घटनामा बेनी नगरपालिका ४ बगरफाँटका हर्कवहादुर थापाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट खाद्यान्न सहित साम्रागी लिएर भकिम्ली जाने क्रममा ट्याक्टर सडकबाट खसेको थियो ।
15873026_1239069136185169_7448158079865643986_n
ध १ त ३२०५ नम्बरको ट्याक्टरका धनी समेत रहेका ४६ वर्षिय थापा एक्लै सवार रहेको ट्याक्टर दुर्घटना भएपछि उनलाई ट्याक्टरको पछाडीको भाग सडकबाट खसेपछि थापालाई बिचको टायरले किचेको थियो । दुर्घटना भएपछि गम्भीर घाईते अवस्थामा भेटिएका थापाले आफु दुर्घटनामा परेको खवर समेत साथीहरुलाई पु¥याएपनि उपचारको क्रममा जिल्ला अस्पताल म्याग्दी हुदै पोखरामा मृत्यु भएको थियो ।
15970038_10154399418596859_982583041_n
घटनास्थलमा पुगेका स्थानीयबासीले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनाको अवस्थामा समान्य जस्तै देखिने भएपनि एक्लै सवार भएको अवस्थामा ज्यान जोगाउन खोज्ने क्रममा टायरले चोट लागेजस्तो देखिएको बताए ।
15942438_10154399418196859_896046422_n
ट्याक्टरको अघिल्लो भाग सडक नजिक रहेपनि सामान सहितको पछिल्लो भाग सडकबाट तल खसेको छ । जिल्लाकै अति जोखिमपुर्ण सडकका रुपमा चिनिने बेनी–भकिम्ली सडकखण्डमा समान सहित रहेको ट्याक्टर पछाडी आएपछि मृतक थापाले ट्याक्टरलाई नियन्त्रणमा राख्ने गरी अन्तिम प्रयास गरेको देखिन्छ ।
15941752_10154399418826859_178071554_n
घटनास्थलमा पुगेको प्रहरीको टोलीको प्रारम्भीक अनुसन्धानका आधारमा ट्याक्टर अनियन्त्रित भएपछि स्टेरिङमा छाती ठोकिएपछि लड्ने क्रममा टायरले चोट लागेको थियो । मुटुमा गम्भीर चोट लागेको अवस्थामा स्थानीयले भेटेपछि खवर गरेका थिए । बगरफाँटकाका सामाजिक तथा सक्रिय थापाको मृत्युले बगरफाँट शोकमा डुवेको छ ।मृतक थापाको मंगलबार अन्त्यष्टी गरिदैछ ।
15970581_10154399418026859_261365941_n
गत महिना भकिम्ली–७ हल्लेगौंडमा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र सातजना घाईते भएका थिए । सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको बोलेरो पानीस्वाँरास्थित हल्लेगौंडाको घुम्तीबाट झण्डै ६० मिटर तल सडकमा खसेको थियो । भकिम्ली गाविस जोड्ने छोटो सडक भएपनि भिरालो र जोखिमपुर्ण सडकका कारण दुर्घटना हुने गरेको छ ।
15978182_10154399418411859_1943188535_n

15978819_10154399418186859_783586744_n