दुई गाउँपालिकाको अस्थायी केन्द्र मुना र पाखापानी

1

स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले स्थानीय निकायको निर्वाचन अवधिभरका लागि विवादित गाउँपालिकाको अस्थायी केन्द्र तोकेको स्रोतले जनाएको छ ।

सरकारलाई बुझाएको प्रतिवेदनमा म्याग्दीका दुईवटा गाउँपालिकका विषयमा बुझ्ने क्रममा आयोगका कर्मचारीले सरकारले सार्वजनिक गर्ने बताउँदै अस्थायी केन्द्रका बारेमा सञ्चारमाध्यममा सार्वजनिक गर्न आनकानी गरिरहेको अवस्थामा स्थानीय निकायको निर्वाचन गराउने गरी विवादित गाउँपालिकाको अस्थायी केन्द्र निर्धारण गरेर सरकारलाई प्रतिवेदन पेश गरेको म्याग्दीका सांसद नवराज शर्माले बेनीअनलाइनलाई बताए ।
download
‘दुवै गाउँपालिकाको अस्थायी केन्द्र तोकिएको छ । निर्वाचनपछि केन्द्र हेरफेर हुनसक्ने प्रतिवेदनमा प्रष्ट उल्लेख छ’ सांसद शर्माले भने । जिल्ला तहमा केन्द्र तोक्ने विषयमा देखिएको विवादका कारण दुईवटा केन्द्रको प्रस्ताप पठाउनु नै गम्भीर गल्ती भएको बताउँदै सांसद शर्माले स्थानीय निकायको निर्वाचनमा जनताको सहभागितालाई प्रभावकारी बनाउन जिल्लामा क्रियाशिल राजनीतिक दलको साझा धारणा आवश्यकता रहेको बताए ।

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरमा गरेको राजनीतिक दलको गोप्य बैठकमा धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविसलाई समावेश गदैं ताकम रमुनालाई केन्द्र र रघुगंगागाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविसको केन्द्र पिप्ले गाविसको मौवाफाँट र पाखापानीलाई प्रस्ताव गरेको थियो ।

एउटै केन्द्र तोकेर पठाउने विषयमा ठुला र साना राजनीतिक दल विच नै विवाद भएपछि अन्तिम टुंगो लगाउन आयोगलाई जिम्मा दिएपछि प्रस्तावित केन्द्रका गाविसले जिल्ला देखी केन्द्रसम्म दवावमुलक ज्ञापनपत्र समेत बुझाएका थिए । विवादित तथा एउटै गाउँपालिकाको केन्द्रलाई दुईवटा गाविसमा तोकिएका, नामकारण लगाएतका विवादलाई अस्थायी रुपमा चुनाव गर्ने समयसम्म एउटा केन्द्र र नाम तोकेपनि निर्वाचित प्रतिनिधिको पहिलो बैठकले टुंगाउने गरी प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गदै निर्वाचित जनप्रतिनिधिले केन्द्र संगै हाल प्रस्ताव गरिएको नाम समेत हेरफेर गर्न सक्ने उल्लेख गरेको छ ।

जिल्लास्थित राजनीतिक दलका नेताले आयोगलाई विवादित गाउँपालिकाको केन्द्र तोक्ने अनुरोध गदैं प्रस्ताव पठाइएको थियो । ‘आयोगले केन्द्र तोक्दा जनताबाट कुनैपनि दवाव आउने थिएन् । अस्थायी केन्द्रले जनता आक्रोशित भएका छन्’ एक नेताले बेनीअनलाइनलाई भने ।विवादित केन्द्र तोक्ने विषयमा विभिन्न राजनीतिक दलका कार्यक्रममा एकले अर्कोलाई आरोप लगाएर उम्कने प्रयासका साथै गाउँपालिकाबाट समेत हस्ताक्षर संकलन गरी आफ्नो पक्षमा केन्द्र ल्याउन स्थानीयले चर्को दवाव दिएका थिए ।

आयोगले म्याग्दी जिल्लालाई न्यूनतम ३ देखी अधिकतम ६ वटा स्थानीय निकायको प्रस्तावको मापदण्ड बनाएको थियो। विवादित केन्द्रलाई सहमतिमा ल्याउन ७ वटा गाउँपालिक बनाउने छलफल भएपनि मापदण्ड विपरित प्रस्ताव पठाउन समस्या हुने भन्दै दुईवटै गाउँपालिकाको विवादका कारण केन्द्रको प्रस्ताव गरेर पठाइएको थियो । प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा, जनसंख्या, भाषिक र जातीय सघनता लगायत मापदण्डका आधारमा सिफारिस गरिएको दावी समेत गरिएको थियो ।
42453047
बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गर्ने गरी मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मंगला गाउँपालिकामा दरवाङ, निस्कोट, रूम, ओखरबोट, बिम र देविस्थान गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ । यसैविच अस्थायी केन्द्र तोकिएपछि असन्तुष्टि चुलिएको छ । धौलागिरि गाउँपालिकाको ताकम र रघुगंगाको पिप्ले, भगवती, बेगखोला लगाएतका गाविसले विना आधार र जनतालाई सास्ती दिने गरी केन्द्र तोकिएको भन्दै दवावमुलक कार्यक्रम सहितका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

1 COMMENT

Comments are closed.