बेनी नगरपालिका–१ रत्नेचौरमा तोरीको खेती फस्टाएको छ । खेतमा ढकमक्क फुल्न थालेको तोरीबारीबाट देखिने धौलागिरि हिमाल लगाएतका प्राकृतिक दृष्यले गाउँको सौन्दर्यता बढाएको छ । जिल्लाको तोरी उत्पादनमा पकेट क्षेत्र मानिने रत्नेचौरका खेतबारीमा हिउँदको समयमो हुने तोरी सदरमुकाम बेनी तथा छिमेकी जिल्ला बागलुङमा समेत विक्री हुने गरेको छ ।
img_7467
समथर भुभाग रहेको रत्नेचौरबाट अर्जम, भकुण्डे जोेड्ने ग्रामिण सडकको दुवै क्षेत्रमा गरिएको तोरी माघको दोस्रो सातासम्म गाउँका सबैजसो जमिनमा ढकमक्क हुने तोरी उत्पादनबाट स्थानीय सन्तुष्ट छन् । तेलहन बालीमा पर्ने तोरी जिल्लामै सबैभन्दा धेरै रत्नेचौरमा उत्पादन हुने गरेको छ ।
img_7460
जिल्लाको भकिम्ली, बरंजा, पात्लेखेत, कुहुँ लगाएत विभिन्न गाविसको समथर भु–भागमामा करिव २ सय ३० हेक्टर क्षेत्रफलमा २ सय २२ मेट्रिकटन तोरी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भोज बहादुर थापाले बेनीअनलाइनलाई बताए । ‘उत्पादनमा धेरै बृद्धि भएको छैन । हामीले निरन्तर प्रयास गरिरहेका छौं’ थापाले भने । तोरी उत्पादनबाट आम्दानी गर्न सकिने प्रसस्तै आधारहरु रहेकाले जिललामा दुईदलिय बिउ वितरणमा प्राथमिकता दिएको समेत उनले बताए । जिल्लाको तल्लो क्षेत्रमा तोरी उत्पादन हुने गरेको छ । तोरीको बोट सानो हुदाँ तरकारीका रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।
20170109_115742
अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारमा किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेका तोरीको तेल गुणस्तरीय हुने र पिना समेत मलको रुपमा प्रयोक्ष् गर्न पाइने भएकाले निरन्तर तोरी खेती गरेका कृषकले खेतीलाई निरन्तरता दिइरहेका छन् । जिल्लामा अझैपनि तोरी पेल्ने मेसिनहरु सञ्चालन भइरहेको छ ।

विज्ञापन