म्याग्दीको सदरमुकाम बेनीबजारलाई दुईवटा नदीको कटानबाट संरक्षण गर्न नेपाल सरकार सिचाई मन्त्रालयबाट जोखिमयुक्त सदरमुकाममा समोवश गरी बहुबर्षिय कार्यक्रममा समावेश गर्न ५३ करोडका विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०लाई स्वीकृति दिएको छ ।

म्याग्दी र कालिगण्डकी नदी नियन्त्रणका लागी आरसीसी, सिमेन्ट सहितको ढुङ्गा र ग्याबिनको प्रयोग गरी आवश्यकता भन्दा निकै कम बजेट विनियोजन भइरहेको अवस्थामा बहुबर्षिय योजनाका लागि मन्त्रालयबाट स्वीकृति प्राप्त भएको म्याग्दीका सांसद रेशम बहादुर बानियाँले बताए ।‘मन्त्रालयले बहुबर्षिय कार्यक्रममा स्वीकृति दिनु ठुलो उपलब्धी हो। अव अर्थमन्त्रालयबाट स्वीकृतिका लागि आवश्यक पहल गर्नुपर्छ’ बानियाँले बेनीअनलाइनलाई भने ।
15966061_622873437899497_5159003594762695089_n
बेनीबजार संरक्षणमा ३ करोड बजेटबाट तथबन्धको निर्माण गरिएको छ । सांसद बानियाँले मन्त्रालयमा पटकपटक दिइएको दवावका कारण स्वीकृति प्राप्त भएको दावी समेत गरे । बेनीबजार संरक्षण उपभोक्ता समिति, जलउत्पन्न प्रकोप नियन्त्रणको कार्यालयले गुरुयोजनामार्फत करिव ३५करोडको गुरुयोजना तयार भएको अवस्थामा चालु आर्थिक बर्षमा १ करोड विनियोजन भएकोमा सिचाईमन्त्री दिपक गिरीको पहलमा २ करोड थप गरी ३ करोडको टेन्डर प्रक्रिया सुरु भएको छ ।
sightseeing1
डिभिजन कार्यालय बागलुङबाट तीन करोडको टेन्डरको प्रक्रिया सुरु भइसकेको अवस्थामा सिचाई मन्त्रालयबाट स्वीकृत भएको डिपिआरलाई अर्थमन्त्रालयले स्वीकृति दिने गरी जिल्लाका राजनीतिक दलले दवाव दिनुपर्ने अवस्था देखिएको बेनी बजार संरक्षण उपभोक्ता समितिले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कालिगण्डकी र म्याग्दी नदीको बिचमा रहेको बेनीबजार सहित आसपासका क्षेत्र नदीकटानको जोखिममा रहेकाले करिव ५० बर्षसम्मलाई थेग्न सक्ने गरी तटबन्ध सहितको पूर्वाधार निर्माण आवश्यक रहेको बताए ।
maxresdefaultउनले विगतमा बजेट अभावका कारण बेनीबजारबासीले जनश्रमदान सहित आर्थिक सहयोग समेत गरेको बहुबर्षिय कार्यक्रमको आवश्यकता रहेको बताए। कालिपुल देखी मंगलाघाटसम्मको बजार क्षेत्रलाई संरक्षण गर्न अस्थायी संरचनाले ठेग्न नसक्ने अवस्था रहेको थियो । तटबन्धको उचाई ८ भन्दा माथि बनाउनुपर्ने, आरसीसी सहितको तथबन्धको बेनीबजारबासीले माग गदैं आइरहेका छन् ।

देशका जोखिम सदरमुकाम मध्ये ५ स्थानमा पर्ने बेनीबजारलाई संरक्षणमा राज्यले उपेक्षा गरेको भन्दै जिल्लातहबाट पटकपटक डेलिगेसन समेत जाने गरिएको थियो । गतबर्ष जेठ १० गते उत्तरी म्याग्दीको राम्चे गाविसबाट खसेको पहिरोले १४ घण्टा कालिगण्डकी थुनेपछि तटिय क्षेत्रको संरक्षणको बहसले तिब्रता पाएको थियो । विगत ५० बर्षको रेकर्डमा कालिगण्डकीको सेतीबेनीमा प्रतिसेकेन्ड ३२ सय घनमिटर पानी बग्ने गरेको समेत उल्लेख छ ।