म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न जिविस म्याग्दीमा तालाबन्दी, बेनी–जोमसोम सडक अनिश्चितकालिन यातायात बन्द सहितका दवावमुलक कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठित आयोगले सरकारलाई बुझाएको प्रतिबेदनमा रघुगंगा गाउँपालिकाको केन्द्रमा अस्थायी केन्द्रको रुपमा पाखापानीलाई तोकेपछि रघुगंगा गाउँपालिका अन्र्तरगत पर्ने गाविसले चरणबद्ध आन्दोलन मार्फत मौवाफाँटमा केन्द्र तोक्न माग गरेका हुन् ।
पटकपटक गाउँपालिका अन्र्तरगतका विभिन्न गाविसका बासिन्दाको हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएर हरेक हिसावले उपयुक्त भएपनि अवैज्ञानिक र आधारहित तरिकाले गाउँपालिका तोकिएको भन्दै विहिवार बेनीमा भएको सरोकारवालाहरुको सर्वपक्षिय, सर्वदलिय बैठकद्धारा बहुसंख्यक जनसंख्यालाई सास्तीहुने गरि अस्थायी केन्द्र तोकिएको भन्दै गाउँपालिका देखी केन्द्रसम्म दवाव दिने गरी आन्दोलन घोषणा गरिएको हो ।
जिल्ला विकास समितिमा जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउँन आयोजीत पत्रकार सम्मेलनमा रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समिती म्याग्दीले चरणबद्ध आन्दोलनको घोषणा गरेको बालकृष्ण सुबेदीले बताए । राजनीतिक दलको उपस्थितीमा भएको कार्यक्रममा मागहरु सम्बोधन नभए प्रभावित गाविस कार्यालयको कामकाज ठप्प पार्ने, जिल्ला विकास समितिमा तालाबन्दि गर्ने, बेनीमा दबाबमुलक आन्दोलन गर्ने, बेनी–जोमसोम सडकखण्डमा पर्ने रघुगंगा गाउँपालिकाको प्रवेशद्धार पिप्ले गलेश्वरमा धर्ना सहित गाउँ प्रवेशमा समेत रोक लगाउने चेतावनी दिइएको छ ।
संघर्ष समितिले नेपाली काँग्रेसका सचिब हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल र जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत विष्णुप्रसाद पौडेललाई ज्ञापन बुझाएको थिए । प्रस्तावित रघुगंगा गाउँपालिकामा समावेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोलाको करिव ८० प्रतिशत भन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने पाँच गाविसहरुले समेत मौवाफाँट केन्द्र बनाउन लिखित रुपमा यसअगाडी जिल्ला देखी केन्द्र सम्म ज्ञापनपत्र बुझाएको संघर्ष समितिले जनाएको छ ।
स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरमा गरेको राजनीतिक दलको गोप्य बैठकमा धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविसलाई समावेश गदैं ताकम र मुनालाई केन्द्र र रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविसको केन्द्र पिप्ले गाविसको मौवाफाँट र पाखापानीलाई प्रस्ताव गरेको थियो । आयोगले धौलागिरि गाउँपालिकाको निर्वाचन गराउने गरी मुना र रघुगंगा गाउँपालिकाको केन्द्र मुनालाई तोक्ने विधि नै अवैज्ञानिक र तथ्यहिन भएको भन्दै धौलागिरि गाउँपालिकाको ताकम लगाएतका गाविसले समेत विरोध जनाएका छन् । तस्विर सौजन्य धिरन खत्री
Home स्थानिय समाचार म्याग्दी समाचार अस्थायी केन्द्रको विरोध ! जिविसमा तालाबन्दी देखी बेनी–जोमसोम सडक बन्द
dimakh bhaye ko bhaye desh bhato ghato never bandha garni thiyenan dukha lagsha ke garne baranjeli dukhi from belgium
Comments are closed.