गाउँपालिकाको केन्द्र ‘कतै खुसीयाली, कतै विरोध’

3
414

स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले धौलागिरि गाउँपालिकाको अस्थायी केन्द्र मुनालाई सिफारिस गरेको खवर सुनेपछि मुनामा खु्सीयाली छायो ।

गाउँपालिकाको केन्द्रको माग गदैं गाउँमा क्रियासिल राजनीतिक दलले दिएको दवाव सफल भएको भन्दै मुनाबासीले खुसीयाली मनाउँदै गर्दा छिमेकी लुलाङ, मुदी र गुर्जाबासीले समेत निर्णय आफ्नो पक्षमा परेकोमा उत्साहित भए । मुनासंगै सिमान जोडिएको अर्का ताकम गाविसमा भने खवर सुनेलगत्तै ताकमबासी आक्रोशित भए । हरेक हिसावले गाउँपालिकाको केन्द्र ताकम हुनुपर्ने अवस्थामा आयोगले विना आधारमा अवैज्ञानिकमा रुपमा केन्द्र तोकेको भन्दै ताकमबासीले आन्दोलनको चेतावनी दिए ।

धौलागिरि गाउँपालिका संगै रघुंगगा गाउँपालिकाको केन्द्र पाखापानी तोकेपछि पाखापानी, झिँ,कु्ईनेमंग लगाएतमा खुसीयाली साटासटा हुदैगदौ विरोधमा पिप्ले, भगवती लगाएतका गाविसले जिविसमा अनिश्चितकालिन तालबन्दी, बेनीजोमसोम सडक बन्द लगाएतका जिल्लालाई ठप्प पार्ने आन्दोलनको घोषणा गरे ।
Proposal3
आयोगले निर्णय गर्न माग गदैं प्रस्ताव गरिएको केन्द्रमा आयोगले प्रविधिको प्रयोग गरेर नक्सालाई आधार मानेर निर्वाचन अवधिभरका लागि विवादित गाउँपालिकाको अस्थायी केन्द्र तोकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि दुईवटा गाउँपालिकामा खुसीयाली र आन्दोलनका कार्यक्रम सार्वजनिक भएका छन्। ‘जनताले आवश्यकतालाई मध्यनजर गरेर आयोगले निर्णय गरेको छ । यसबाट उत्साहित छौ’ राप्रपाका जिल्ला उपाध्यक्ष एवम् पाखापानीका अगुवा नेता जगनारायण गौचनले भने ।

उनले जनतालाई सास्ती दिने गरी आयोगले निर्णय नगरेको दावी गरे । पाखापानी केन्द्रका लागि चर्को दवाव दिएकाहरुले अस्थायीलाई स्थायी केन्द्रका रुपमा केन्द्र बनाउन सरकारलाई नै दवाव दिने बताइरहेका छन् । विरोध र खुसीयालीले छिमेकी गाविसबासीमा द्धन्द्ध सृजना भएको छ । पश्चिम म्याग्दीको ताकम गाविसमा विस्तार भइरहेको पुर्वाधार तथा धौलागिरि आधार क्षेत्रको प्रवेशद्धार समेत मानिएको ताकमलाई राजनीतिक दल र आयोगले अपमान गरेको स्थानीय यूवा गोपाल आचार्यले भने । ‘ढुंगेयूगमा फर्किएको जस्तै भएको छ । जनताले सुगम खोज्न संघियताको पक्ष लिएका हुन’ उनले भने ।

प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा, जनसंख्या, भाषिक र जातीय सघनता लगायत मापदण्डलाई कुच्चिएर गरिएको निर्णय विरुद्ध अदालतसम्म पुग्ने गरी दवावमुलक कार्यक्रम सञ्चालन गर्ने ताकमबासीले तयारी गरेका छन् । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले बेनी नगरपालिका र ५ वटा गाउँपालिका तोकेको थियो । विरोध र सर्मथनमा गरिने आन्दोलनले म्याग्दी जिल्लामा मुडभेडको अवस्था सृजना गरेको भन्दै सरोेकारावाला निकायले चिन्ता ब्यक्त गरेका छन् ।

धौलागिरी गाउपालिका
गाउ सदरमुकाम – मुना
१- ताकम ३७५४
२- मुना २३४५
३- मुदी २५०३
४- लुलाङ १४८४
५- गुर्जा ९६४
६- मराङ १७८७
७- मल्कबाङ १२६७
जम्मा १४१०४
रघुगंगा गाउपालिका
प्रस्तावित गाउ सदरमुकाम -पाखापानि
१- झिं ११३१
२- पाखापानि २२५८
३- चिमखोला १३१७
४- दग्नाम १०८९
५- पिप्ले ३९३६
६- भगवती ३३५६
७- बेग १५२२
८- कुईने मँगले ११४४
जम्मा १५७५३

3 COMMENTS

  1. We hate power less leaders of Bhagawati and piple. They proved that they don’t have any political relations at district headquarter. It’s a painful news to people of bhagawati and piple….

  2. यस्तो अबैज्ञानीक र अदूरदर्शी तथा असहज पुनःसंरचना स्वीकार्य छैन । प्राकृतिक,भौतिक लगाएत का पूर्वाधार तथा सुगमताका हिसावाले धवालागिरी गाउँपालिकाको सदरमुकाम बन्न “ताकम” कैयौँ गुणा योग्य छ प्रस्तावित “मुना” भन्दा । पहिले को संरचना अवैज्ञानीक र असहज भयो भन्दै गरिएको पुनः संरचना झन यस्तो विकृत एवं कुरूप ।

    • Dhaulagiri gaupalika ko kendra takam huda ramro ho tar khola pari marang malkbang ra khibang chhan tini harulai pani bikasko purbadharma jodnu parchha sadak sanjal puryaunu parchha vanne ta kata ho kata pari patti kin tetro budget road ma tyo ta arule kharchha garthyo ni vanne jasta kura ahile samjhanus ta.aba ta purano para le nachalne rahechha bhaner aru sanga pani sahakarya garn siknu hola.

Comments are closed.