न्यु वेष्ट पोइन्ट आवासीय माविमा अंचल स्तरीय बृहत हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनी सम्पन्न भएको छ । पौष २९ गते शुक्रबार कार्यक्रम सम्पन भएको हो । प्रदर्शनीमा बाग्लुंग र पर्बत जिल्लाका प्रतिष्ठित बिद्यालयहरुले अबलोकन गरेका छन् । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ बिद्यालय निरीक्षक दलबहादुर थापा लगायतले प्रदर्शनीको अबलोकन गरेका छन् ।
IMG_7522
प्रदर्शनी अबलोकन पश्चात जिसिअ श्रेष्ठले पुर्ब प्रथामिक कक्षाको अबलोकन समेत गरि विद्यालयको भौतिक ब्यबस्थापन कक्षा ब्यबस्थापन र शिक्षकहरुको लगनशीलता र प्रयासको खुलेर प्रसंसा गर्नुभएको छ । त्यसैगरी उहाँले न्यु वेष्ट पोइन्टले गर्दै आइरहेको नयां नयां प्रयोग र सिकाइ पद्दतिको अरुले समेत सिको र अनुसरण गर्ने हो भने शिक्षामा गणात्मक सुधार आउन सक्ने बताउनु भयो । चित्रकला, हस्तकला अन्तर्गत काठ, माटो, सिलाइ, बुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न बस्तुहरु, फोटो प्रदर्शनी घर भबन मन्दिर र विभिन्न बस्तु तथा स्थलका मोडेलहरु, फोटो फ्रेम, फोटो समेत प्रदर्शनीमा राखिएको थियो ।
IMG_7512
साथै बिद्यालयमा संचालन भैरहेको रोबोटिक कार्यशालाको तेश्रो दिन बिद्यार्थीहरुले तयार पारेको ड्र्रोन, अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानि तान्ने मोटर धुवां तथा मानब डिटेक्टिभ सेन्सर लगायतका प्रदर्शनी गरिएको थियो । आज तेश्रो दिन सम्म आइपुग्दा रोबटेक वर्कशपका सहभागी बिद्यार्थीहरुल ड्रोन तयार पारेर उडाएका छन् । विद्यालयमै निर्माण गरिएका घम् चस्मा द्वारा २० जनाको दरले घम् फिल्म प्रदर्शन समेत गरिएको थियो ।
IMG_7509
बिहान ११ बजे देखि शुरु भएको प्रदर्शनी दर्शकको चापका कारण दिउसो सांझ सम्म चलेको थियो । विद्यालयको दोश्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन समेत भएकोले धेरै अभिभावकले प्रदर्शनी अबलोकन गरेका छन् । अबलोकन पश्चात अभिभावकहरुले विद्यालयले गर्ने यस्ता नौला नौला राष्ट्रिय स्तरका कार्यक्रमले बिद्यार्थीहरुमा सृजनात्मक क्षमताको बिकास गर्ने बताएका छन् ।
IMG_7506
शिक्षा भनेको खालि किताबी ज्ञान मात्रै नभएको र आफ्नो नानिबाबुहरुको क्षमता आज आफैले हेर्न पाएकोमा खुसि ब्यक्त गरेका छन । आफ्नो बच्चा पढाईमा मध्यम भए पनि आज उसले बनाएको मोडेल र रोबट हेर्दा आफु संतुष्ट रहेको अभिभावक सन्तोष केसीले बताए । केहि दिन अगाडी मात्र हस्तलेखन बिज्ञ मार्फत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका लागि एक हप्ते हस्तलेखनका प्राबिधिक ज्ञान दिलाउन तालिम समेत प्रदान गरेको वेष्ट पोईन्ट मिडिया हवका संयोजक कृष्ण जिसिले बताएका छन् ।
IMG_7498
e11(1)

e9

e7