कालीगण्डकीमा मकर सङ्क्रान्ति स्नान गर्नेको भीड

0

मकर सङ्क्रान्ति पर्व आज बिहानैदेखि कालीगण्डकी नदीमा स्थान गर्नेहरुको भीड लागेको छ । बिहानैदेखि कालीगण्डकी,रघुगंगा र म्याग्दी नदीहरूमा स्नान गरी भक्तजनहरूले धार्मिक विधिपूर्वक पूजापाठ गरिरहेका छन् । हिजो वेलुकीदेखि नै कालीगण्डकीमा स्नान गर्न टाढटाढादेखि भक्तजनहरु बेनी आएका थिए ।

खासगरी आजका दिन धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गरेकाले दिन लामो हुने र रात छोटो हुँदै जाने धार्मिक विश्वास रहेको छ ।आजका दिन मैथिल समुदायहरू नयाँ वर्षको शुभारम्भको रूपमा पनि यो पर्व मनाउने गर्छन् ।

मैथिल समुदायमा आजका दिन घरको देउतालाई मुडी, च्यूरा र तिलको लड्डु चढाउने गरिन्छ । यस दिन आमाबुबाले आफ्ना छोराछोरीलाई तिल खुवाएर आशिष दिने परम्परा रहिआएको छ ।आजका दिन घरघरमा खिचडी, तिल, घ्यू, च्यूरा, मुडीका लड्डुका साथै विभिन्न किसिमका तरकारी खाने चलन रहेको छ ।