म्याग्दीका मगर समुदायले शनिबारदेखि सदरमुकाम बेनीमा माघेसङ्क्रान्ति पर्व मनाउन शुरु गरेका छन् । माघी पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीले दोस्रो जिल्लाव्यापी खुल्ला पुख्र्यौली नाच प्रतियोगिताको आयोजना गरेको छ । मगर समुदायको महान पर्व माघेसङ्क्रान्तिको अवसरमा आफ्नो जातिय भेषभूषामा सजिएका बुढाबुढी, युवायुवती र केटाकेटीहरुले सोरठी, सालैजो, यानीमाया, मारुनी, सुनिमाया, ख्याली भाकालगायतका पुख्र्यौली गीत र नृत्यमा नाच्दै माघेसक्रान्ति पर्व मनाएका छन् ।
IMG_7717
माघेसङ्क्रान्ति पर्वलाई मगर समुदायले ठूलो चाडका रुपमा लिने गर्दछन् भने सोहीअनुसार उनीहरुले मनाउँदै आएका छन् । जनजातिहरुको बाहुल्यता भएको जिल्ला म्याग्दीमा मगर समुदायले माघेसङ्क्रान्ति पर्वमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउँदै आएका छन् । मगर भेषभूषामा सजिएका युवायुवती र बुढापाकाहरुसहितको ¥यालीमा सालैजो भाकासँगै युवायुवती र बुढापाकाहरु छमछमी नाचेका थिए ।
IMG_7556
माघेसङ्क्रान्तिको अवसरमा बेनीमा मगर जातिको पहिचान झल्कने भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहितका कार्यक्रमहरु भएका छन् । मकर सङ्क्रान्तिका रुपमा चिनिदै आएको माघी पर्वमा मगर समुदायले जातिय भेषभूषमा सजिएको सांस्कृतिक ¥यालीसहित सदरमुकाम बेनीबजार परिक्रमा गरेका थिए । उनीहरुले मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्य प्रस्तुत गरेका छन् । मगर समुदायले परापूर्व कालदेखि नै प्रकृतिको पूजाआजा गरी हर्षोल्लासपूर्वक माघेसङ्क्रान्ति पर्व मनाउँदै आएको बताएका छन् । उक्त समुदायले माघेसङ्क्रान्तिलाई प्राकृतिक रुपमा वर्षे सिजन शुरु भएको पर्वको रुपमा समेत मनाउने गरेको मगर संघ म्याग्दीले जनाएको छ ।
IMG_7569
माघ महिनादेखि वर्षा र साउनमा हिउँदको समय शुरु भएको सङ्केतका रुपमा मगर समुदायले लिने गरेका छन् । पुरानो संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित माघेसङ्क्रान्ति पर्वको अवसरमा पुख्र्यौली नाच प्रतियोगिताको आयोजना गरिएको मगर अगुवा राजकुमार थापामगरले बताउनुभयो ।
IMG_7578
प्रकृतिमा विश्वास गर्ने भएकाले परम्परादेखि नै उभौलीको रुपमा माघे संक्रान्तिमा खेतीबाली र पशुपालन राम्रो होस्, रोगव्याधी नआओस, दुःखद घटना नघटुन भन्ने कामनासहित माघे सङ्क्रान्तिमा पुजा गर्ने र देवतालाई खुशी बनाउने चलन रहेको मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले जानकारी दिनुभयो । मगर समुदायले मात्रै मनाउँदै आएको परम्परागत माघेसङ्क्रान्ति पर्वलाई पछिल्लो समय अन्य जातजातिका समुदायले पनि मनाउन थालेको उहाँको भनाई छ ।
IMG_7593
कुईनमङ्गले, मल्कबाङ र गूर्जा गाविसबाहेक बाँकी सबै गाविसमा मगर समुदायको बसोबास रहेको म्याग्दीमा झण्डै ४२ प्रतिशत जनसङ्ख्या रहेको छ । मगर समुदायमा माघेसङ्क्रान्ति पर्वलाई अन्य चाडभन्दा विशेष महत्वका साथ प्रमुख चाडको रुपमा मनाउने प्रचलन छ । सदरमुकाम र मगर जातिको बाहुल्यता भएका ग्रामीण गाउँहरुमा बसोबास गर्ने मगर समुदायले पुख्र्यौली नृत्य, सालैजोलगायतका विभिन्न लोकगीत र नृत्यहरु प्रस्तुत गरेर माघेसङ्क्रान्ति पर्व मनाएका छन् । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले पनि यस पर्वलाई मकर सङ्क्रान्ति समेत भन्ने गरिन्छ ।IMG_7596

IMG_7600

IMG_7602

IMG_7606

IMG_7587

IMG_7707