म्याग्दीको पहिचान ‘पुख्यौली नाच’

0

प्राचिनकालमा बाइसे, चौबिसे राजा रजौटाहरूले राज्य गर्दाको एक स्थलमा रुपमा म्याग्दीलाई समेत चिनिन्छ । विभिन्न जातजाती, क्षेत्र र धर्मका आधारमा राज्य सञ्चालन गर्ने गरेका राजाहरूलाई खुसी बनाउन गीतसंगित र विभिन्न माध्यमको प्रयोग गरिन्छ । तत्कालिन समयमा म्याग्दीका ग्रामिण क्षेत्रमा बसोबास गर्ने मगर समुदायले समेत पुख्यौली नाचबाट राजपरिवारलाई खुसी बनाउने गरेको मगर समुदायसंग सम्बन्धित विभिन्न पुस्तक तथा अगुवाहरूले बताउँदै आइरहेका छन् ।
IMG_7587
जिल्लाको कुल जनसंख्याको ४२ देखी ४५ प्रतिशतको हाराहारीमा बसोबास गर्ने मगर समुदायको मौलिक पुख्यौली नाचको इतिहास सयौं बर्ष पुरानो रहेको छ। तत्कालिन समयमा राजा रजौटाहरूलाई समेत प्रर्दशन गरेर जोगाएको पुख्यौली नाच म्याग्दी जिल्लाको पहिचानका रुपमा स्थापित भएको छ । सदरमुकाम बेनी देखी दुर्गमबस्तीमा मगर समुदायका कार्यक्रम बाहेक अन्य सार्वजनिक समारोहमा समेत पुख्यौली नाचले प्राथमिकता पाइरहेको छ ।

मगर समुदायको जन्म, मृत्यु, बिवाह, छेवरमा अनिवार्य जस्तै मानिने पुख्यौली नाचमा लामो भाका र स्वर निकालेर गाईने गीतको भावमा डुवेर भांग्रा, कछाड, टोपीको पहिचानमा मादल भिरेर १ घण्टासम्म नाच्ने गरिन्छ । ५ देखी १५ जनासम्म सहभागि हुने नाचमा मादलेसंगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषहरूको परम्परागत शैलीको नृत्य नै नाचको प्रमुख आर्कषक मानिन्छ । नाचमा मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ ।
IMG_7606
मगर समुदायको बसोबास रहेका जिल्लाका अधिकांस गाविसमा मारुनीको भूमिका बुढापाकाको सहभागिता रहने गरेको मगर संघ म्याग्दीका अध्यक्ष मन प्रसाद थजालीले बेनीअनलाइनलाई बताए । ‘पुख्यौली नाच मगर समुदायको सम्पत्ती हो । पुर्खाले जोगाएर राखेको नाचका रुपमा समेत लिइन्छ’ उनले भने । उनले पछिल्लो समय विदेशी संस्कृतिमा रमाइरहेका युवापुस्ताले पुख्यौली नाचको संरक्षणमा कम चासो देखाइरहेको बताए ।
IMG_7695
सोरठी, सालैजो, यानीमाया, मारुनी, सुनिमाया, ख्यालीभाका लाई आफ्नो कार्यकालमा प्राथमिकताका साथ संरक्षणमा यूवाहरुलाई अग्रसर गराएको बताए । कुईनमङ्गले, मल्कबाङ र गूर्जा गाविस बाहेक बेनी नगरपालिका सहित ३३ गाविसमा मगर समुदायलाई आफ्नो कला र संस्कृतिको सिपलाई पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान अन्र्तरगत दोस्रो जिल्लाव्यापी खुल्ला पुख्र्यौली नाच प्रतियोगिताको आयोजना गरिएको छ । बार्षिक करिव ४० हजार भन्दा बढी विदेशी पर्यटकलाई समेत पुख्यौली नाचले आर्कषित गर्ने गरेको छ ।