म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सिता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीलाई उपचारको भारत लगिएको छ । विगत एक महिनादेखि काठमाण्डौको स्थित टिचिङ अस्पतालमा उपचाररत क्षेत्रीलाई थप उपचारको लागि भारतको नयाँ दिल्लीमा रहेको इन्द्रगान्धि अस्पतालमा लगिएको हो ।

टिचिङ अस्पताल काठमाण्डौमा रक्तक्यान्सरको उपचार पछि बोनम्यारो पत्यारोपणको लागि अस्प्तालको सिफारिसमा क्षेत्रीलाई उपचारको लागि त्यसतर्फ लागिएको सिता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानका संयोजक नन्दबहादुर खत्रीले बताउनुभयो । ‘‘ विरामीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ , डाक्टरहरुले समेत त्यहाँ सफल पत्यारोपण हुने भएकाले रिफर गरेका हुन –संयोजक खत्रीले भन्नुभयो ।’’

क्षेत्रीको बोनम्यारो पत्यारोपणमा न्युनतम ६० लाख बढी खर्च हुने बताईएको छ । उनको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका राखुबासी र म्याग्देलिहरुले सहयोग जुटाईरहेका छन् । हालसम्म करिब ३० लाख सहयोग जुटेको अभियान समितिले जनाएको छ । क्षेत्रीको सहयोगार्थ गठित सिता बचाउ अभियान समितिले क्षेत्रीको सहयोगार्थ बेनी स्थित ग्लोबल आइएमई बैँकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्धय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यबस्था मिलाईएको जनाएको छ ।