म्याग्दीको ताकम गाविसलाई धौलागिरि गाउँपालिकाको केन्द्र तोक्न माग गदैं ताकमबासीले सदरमुकाम बेनीमा दवावमुलक कार्यक्रम गरेका छन् । सोमबार स्थानीय राजनीतिक दलका प्रमुख सहित दवावमुलक प्लेकार्ड सहित सदरमुकाम आएका ताकमबासीले हरेक हिसावलै उपयुक्त ताकम गाविसलाई केन्द्र तोक्न प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
भुगोलको अध्यायन गरी केन्द्र तोकियोस्, गुगलबाट होईन भु्गोल हेरी निर्णय लिनुपर्छ लगाएत विभिन्न नारा सहित बृद्धबृद्धा देखी यूवाहरुको उपस्थितीमा दवावमुलक कार्यक्रम गरिएको थियो । ‘अहिलेको अस्थायी केन्द्र मापदण्ड विपरित छ । आवश्यक परे कानुनी प्रक्रियाबाटै केन्द्र स्थापित गर्नेछौ’ ताकम धारापानीका रिमप्रकाश थापाले भने । उनले अवैज्ञानिक तरिकाले गाउँपालिकाको केन्द्र तोकिएको आरोप समेत लगाएका छन् । प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत मापदण्डका आधारहरु आयोगले तोकेपनि मापदण्ड विपरित मुनालाई केन्द्र बनाइएको आरोप ताकमबासीको छ।
सडक, स्वास्थ्य, खानेपानी, लगाएत आधारभुत आवश्यकताहरुमा पुर्वाधार विस्तार भएको ताकमलाई भविस्यमा समेत ब्यापारिक केन्द्र सहितको परिकल्पना गरिएको अवस्थामा गाउँपालिकाका सबै गाविसलाई उपयुक्त हुने स्थानलाई छोडेर मुनालाई केन्द्र बनाइएको बताउँदै आन्दोलनबाटै केन्द्र ताकममा ल्याउने स्थानीयले घोषणा गरेका छन् । दवावमुलक कार्यक्रममा ताकमलाई दुईवटा वडा सहित स्थलगत अनुगमन गरी केन्द्र तोक्न समेत माग गरिएको छ । ताकमबासीले जिविस म्याग्दी, राजनीतिक दललाई समेत ज्ञापनपत्र बुझाएका छन् ।
गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि धौलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्रमा राजनीतिक दल विच विवाद भएपछि धौवलागरिको ताकम र मुना र रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो ।
केन्द्रको पक्ष र विपक्षमा छिमेकी गाविसका जनता आन्दोलित भएपछि सम्बन्ध समेत चिसिएको छ । म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मंगला गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ ।