प्रेस सेन्टर म्याग्दीले आसन्न पत्रकार महासंघ म्याग्दीको शाखा अधिवेसनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पहल गर्ने भएको छ । प्रेस सेन्टर म्याग्दीको सोमबार बेनीमा बसेको बैठकले आगामी फागुन ३ गते हुने शाखाको अधिवेसन मार्फत क्रियाशिल पत्रकारहरुलाई समेटेर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि आबश्यक पहल गर्ने निर्णय गरेको हो ।

शाखाको संस्थागत विकास, जिल्लाको पत्रकारीताको विकास र पत्रकारहरुको हक हितका लागि क्रियाशिल सबै पत्रकारहरुलाई पत्रकार महासंघको कार्य समितिमा आबद्ध गराउनुपर्ने ठहर गर्दै सेन्टरले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आबश्यकता औँल्याएको अध्यक्ष कमल खत्रीले बताउनुभयो।
सेन्टरको बैठकले संगठनका निवर्तमान अध्यक्ष तथा ४ नम्बर प्रदेशका सहसचिव सन्तोष गौतम र अध्यक्ष खत्रीलाई जिल्लामा क्रियाशिल पत्रकारहरु र पेशागत पत्रकार संगठनहरुसंग सर्वसम्मत रुपमा आगामी नेतृत्व चयनको लागि आबश्यक वार्ता र सम्बाद गर्ने जिम्मा दिएको छ ।

विज्ञापन