Capturefile: G:ÆäÀÌÁî¿ø¿øº»3water Cwater Cwater C-098.tif CaptureSN: CD000868.004802 Software: Capture One DB for Windows

म्याग्दीको बिममा करिब एक करोडको लागतमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ। बिमको वडा नं ८ र ९ मा पर्ने बाइन्दफाँटमा ९५ लाख एकहजारको लागतमा ओखले बिमवाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो। जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको परियोजनाबाट एकसय १२ घरधुरी लाभान्वित भएका छन्।

गाउँका सबै घरमा निजी धारा जडान गरिएको परियोजनाका फिल्ड संयोजक प्रगति कार्कीले जानकारी दिए। मालिका बालविकास केन्द्र, मालिका प्रावि र आमा समूहको भवनमा थप तीनवटा छुट्टै धारा जडान भएका छन् ।

नेपाल सरकार, फिनल्याड सरकार, जिविस, गाविस र उपभोक्ताको संयुक्त लगानीमा आयोजना निर्माण भएको हो । नेपाल र फिनल्यान्ड सरकारले बराबर २६ लाख ६१ हजार पाँचसय नौ रुपैयाँका दरले लगानी गरेको आयोजनामा जिविसले तीन लाख ८० हजार ४७ रुपैयाँ सहयोग गरेको छ ।

गाविसले पाँच लाख ७० हजार लगानी गरेको आयोजना सम्पन्न गर्न उपभोक्ताले ३२ लाख २८ हजार ४५ रुपैयाँबराबरको श्रमदान गरेका छन्। घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएका बाइन्दफाँटका बासिन्दालाई सुबिधा भएको हो ।

टाढाबाट पानी ओसार्नुपर्ने झन्झट हटेको छ । समयको बचत भएको छ । मिटर जडान भएकाले आयोजनाको संरक्षण, मर्मतसम्भार र दिगो सञ्चालनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर जुक्जालीले बताए। रासस

विज्ञापन