बेनी–महारानीथान सडकमा ४४ लाख विनियोजन

0

म्याग्दीको सदरमुकाम बेनी देखी महारानीथानसम्मको सडक स्तरउन्नतीका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ४४ लाख २० हजार बिनियोजन भएको छ । प्रधानमन्त्री सचिवालय सदस्य पुनम खड्काले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार बेनी–अर्थुङ्गे सडकखण्ड अन्र्तरगत महारानी थानसम्म जोड्ने सडकको विस्तार, स्तरउन्नती लगाएतमा बजेटको प्रयोग हुनेछ ।

बेनी नगरपालिका भित्रको प्रसिद्ध धार्मिकस्थल समेत रहेको महारानी थान आसपासको क्षेत्रबाट बर्खाको समयमा बाढीका कारण मंगलाघाट र बेनीबजारलाई समेत असर गर्ने गरेको छ । यसअगाडी समेत ड्रिलिप नामक संस्था मार्फत सडकमा करोडौं खर्च भएपनि अपेक्षा गरे अनुसारको उपलब्धी हासिल हुन सकेको थिएन् । बेनी देखी महारानी थानसम्मको सडकमै बुद्ध विहार समेत रहेको छ ।
16142835_1437023129673316_6339774398078473393_n
बाढीले बुद्ध विहारलाई समेत असर गरेको छ । प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ र प्रधानमन्त्रीको सचिवालयमा खड्का म्याग्दीका हुन् । यसअगाडी अर्थमन्त्रालयमा रोकिएको बेनी–दरवाङ सडकखण्डको स्तरउन्नती सहित कालोपत्रे योजना समेत अर्थमन्त्री कृष्ण बहादुर महराले स्वीकृत गरेका थिए ।