न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३ दिने रोबोटिक्स कार्यशाला सम्पन्न भएको छ पौष २७ गते बाट संचालन भएको कार्यशाला माघ १ गते सम्पन्न भएको हो । कार्यशालामा कक्षा ४ देखि १० सम्मका ४० जना बिद्यार्थि सहभागी भएका थिए । तालिममा मानव पत्ता लगाउने सेन्सर, धुवा पत्ता लगाउने सेन्सर पानी पत्ता लगाउने सेन्सर चालक रहित कार क्वाडकोप्टर र ड्रोन सम्बन्धि तालिम प्रदान गरिएको हो ।
IMG_3065
Automation Research Center Lalitpur का हरि श्रेष्ठ, माधब रिजाल र त्रिदेव कायस्थले ३ दिन सम्म विद्यार्थीलाई तालिम दिएका हुन् । विद्यार्थीले आफुले २ दिनमा सिकेको ज्ञान र शिपका आधारमा बनाएका विभिन्न मोडेलहरु पुष २९ गते सम्पन्न विद्यालयको बृहत हस्तकला तथा चित्रकला प्रदर्शनीमा समेत प्रदर्शन गरेको थिए । तालिम पश्चात बिद्यार्थीहरुले ड्रोन बनाएर उडाएका छन् । शिक्षण सिकाइमा व्यबहारिक र प्रयोगात्मक पद्धती अबलम्बन गर्दै आइरहेको यस विद्यालयले समय सापक्ष सिप र सिकाइलाई जोड दिदै आइरहेको, छ ।
IMG_2694
आगामी शैक्षिक शत्रमा पाठ्यक्रममा आधारित रहेर आफ्नै खालको पाठ्यपुस्तक प्रयोगमा ल्याउने तयारीमा रहेको विद्यालयका प्राचार्य गंगाप्रसाद खतिवडाले बताउनुभयो । उहाँले भन्नु भयो ‘अहिले विद्यालयले पूर्व प्राथमिक तहमा आफ्नै खालको पाठ्यपुस्तक प्रयोग गरिरहेको छ र आगामी शैक्षिक सत्रमा प्राबी तहमा कम्तिमा पनि एउटा पाठ्यपुस्तक आफ्नै खालको बनाउने तयारी छ’ । विद्यालयले अंक लाइ भन्दा पनि विद्यार्थीको सिकाइलाई बढी जोड दिदै आइरहेको कुरा वष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताए ।