म्याग्दीको घार गाविसस्थित खिवाङकी नव पप तथा आधुनिक गायिका माया पुनको ब्रेन ट्युमर भएकी छन् । उपचारको लागि काठमाडौंको त्रि.वि.शिक्षण अस्पतालमा आइतबार दिउँसो २ बजे पुगेका पुन त्यस बेला अर्को अाकस्मिक रुपमा टाउकोमा चोट लागेका विरामी ल्याएपछि उनको अप्रेशन गर्ने समय रद्ध गरेको बताइन् ।

तर त्यस अस्पतालको समय नमिलेको कारण सोमबार अप्रेशनको लागि न्यूरो अस्पतालमा भर्ना गरेको छ । सुस्मीता तामाङ, सुस्मा, शान्ति र सरु गुरुङले साथ सहयोग गरिरहेका छन् । पुन विगत पाँच बर्षदेखि सांगीतिक क्षेत्रमा अावद्ध थिए । राष्ट्रप्रेमी विधाका गीत गाउँदै आएका उनको अहिले ‘अरुको दुखमा मसँग नेपालीको मन छ, आज तिमीलाई देखेका यो ठाउँमा, पोखरेली सोल्टीनी म’ लगायतको गीतहरु चर्चामा छन् ।

पुनको तीन महिना यतादेखि ब्रेन ट्युमरको रोग रहेको चिकित्सकले पत्ता लगाएको सुनाइन् । ९ बर्षदेखि नै रोगग्रसित रहेको चिकित्सकको भनाई रहेको छ । उनी भन्छिन् मेरो ‘स्वस्थ्य उपचारका लागि जो जसले विभिन्न तवरबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’ देशमा बाँचेर गीतसंगीत तथा समाजसेवाको लागि धेरै काम गर्ने उनी बताउछिन् । उपचारपछि फेरी आम दर्शकमाझ आउने ठूलो चाहना रहेको बताइन् । पुनको उपचारमा सहयोग गर्न धौलागिरि नौमती वाजा समुह यूकेका अध्यक्ष एवम् समाजसेवी विल पुर्जा मगरले अनुरोध गरेका छन् ।

विज्ञापन