आधुनिक उपकरण सहितको सेवा, चिकित्सकको विरामीमैत्री ब्यवहार लगाएतका कारण म्याग्दी अस्पतालमा विरामीको संख्या बढ्न थालेको छ । केहीबर्ष अगाडीसम्म समान्य उपचारका लागी समेत अस्पतालभित्र प्रवेश नगरी पोखारा जाने म्याग्देलीहरू ठुला अस्पतालमा उपलब्ध आधुनिक उपकरण, अनुभवी चिकित्सकहरू जिल्लामै उपलब्ध भएपछि विरामीको संख्या ह्वात्तै बढेको छ ।
गत आर्थिक बर्षको साउन देखी पुषसम्म इमरजेन्सी सेवामा २८ सय ८४ विरामीले सेवा लिएकोमा यसबर्ष ३२ सय १२ जनाले सेवा लिएको तथ्याङ्ले देखाएको छ । त्यसैगरी बहिरंग सेवामा १२ हजार १ सय ३१ ले सेवा लिएका छन् । अस्पताल भित्र रहेका नियमित सेवासंगै तीनबर्ष अगाडी निक साईमन ईन्च्सियुट अमेरिकाको प्राबिधिक तथा जिल्ला अस्पताल म्याग्दीको ब्यवस्थापनमा अस्पतालमा अप्रेसन सहितको प्रसुती सेवा उपलब्ध छ ।
गत साउन देखी पुषसम्म २८ जनाले अप्रेसनबाटै बच्चा जन्माएका छन् भने सामान्य प्रक्रियाबाट बच्चा जन्माउने महिलाको संख्या समेत गतबर्षको तुलनामा बढेको अस्पतालमा चिकित्सक डा. धिरेन मल्लले बताए । ‘विरामीले दिएको चासोबाट उत्साहित छौं, आधुनिक उपकरण सहितको सेवाले जटिल अवस्थामा पनि अस्पतला भित्र प्रवेश गर्ने विरामीको संख्या गतबर्ष भन्दा बढेको छ’ मल्लले भने । उनका अनुसार गत आर्थिक बर्षमा ९ सय ९७ जनालाई रिफर गरिएकोमा यसबर्ष आर्थिक बर्षमा मंसिरसम्म ५ सय १० जनाले सेवा लिएको बताए ।
रिफरको संख्या बढ्नुमा अस्पताल भित्र दुर्घटना देखी विरामीको अन्तिम अवस्थामा समेत प्राथमिक उपचार गरेर पोखराको अस्पतालसम्म पु¥याउन अपनाइएको उपचार विधिले धेरै विरामीको ज्यान बाचेको छ । २५ सैयाको अस्पताल भित्र भर्ना भएर उपचार गराउने विरामीको संख्या सहित सुरक्षित गर्भपतन, पाठेघर (आङ), हाइड्रोसिल सहितका अप्रेसन सेवा, डिजिलट एक्सरे, अपाङमैत्री सेवा, चिकित्सकको विरामीमैत्री ब्यवहार लगाएतले समेत जिल्लाभित्र उपचारमा आर्कषण बढेको म्याग्दी अस्पतालका वरिष्ठ मेडिकल सुपरीटेण्डेण्ड डाक्टर रोशन न्यापानेले बताए ।
‘हामीले धमाधम नयाँ उपकरणहरु थपिरहेका छौ । अझै प्रभावकारी सेवा दिने गरी विस्तारको योजना समेत बनाइएको छ’ उनले भने । निजी अस्पतालमा पुगेर १ लाखसम्म खर्च हुने रोगको जिल्लामै निशुल्क उपचार हुन थालेपछि ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीबाटै समेत आवश्यक परार्मश लिने गरी ब्यवस्था गरिएको छ । उनले हरेक महिना जिल्लाको दुर्गम क्षेत्रमा जिल्लामा उपलब्ध सेवा सहित घुम्ती शिविर सञ्चालनलाई थप प्रभावकारी बनाउने बताए ।
अस्पताल भित्र रहेका डेन्टल सेवा समेत प्रभावकारी छ । जिल्लाभित्र अन्तिम अवस्थामा आएका विरामीको समेत अप्रेसन गरी सफल उपचार गरेकै कारण डाक्टर धिरेन मल्ल सहितका चिकित्सकले राष्ट्रियस्तरमा समेत चर्चा कमाएका थिए । गतबर्ष जिल्ला अस्पताल प्रमुख डा. न्यौपाने उत्कृष्ट चिकित्सक र अस्पतला देशभर तेस्रो उत्कृष्ट स्थानमा परेको थियो । यसबर्ष देखी ५० सैयाको अस्पतालको अनुमति प्राप्त गरेको बेनी अस्पतालमा निक साईमन ईन्च्सियुटले समेत प्राथमिकताका साथ सेवा थप गरेको छ ।