उत्तरी म्याग्दीको नारच्याङ गाविस वडा नं १ मा पर्ने खेबुङको जंगलमा एक मानव कंकाल भेटिएको छ । जंगलको बीचमा रहेको पहिरोमा हड्डि र छालामात्र बाँकी रहेको मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सहायक प्रहरी निरिक्षक धनवहादुर कार्कीले जानकारी दिनुभएको छ ।

असई कार्कीले दिएको जानकारी अनुसार कपालको आधारमा पुरुष कंकाल भएको अनुमान गरिए पनि नाम र ठेगाना भने खुल्न सकेको छैन । कंकालको डिएनए परिक्षणका लागि प्रहरी प्रयोगशाला काठमाण्डौंमा पठाइएको छ । स्थानीयबासीका अनुसार केही दिन अगाडी मदेशी मुलका एक ब्यक्ति जंगलतर्फ गएको देखेका थिए । लासलाई गिद्धले खाएर हाड छाला मात्र वाँकी रहेको र स्थानीयले पहिचान गर्न नसकेका कारण समस्या परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।